हिमालीद्वारा बाढि पिडित जस्तापाता वितरण

Read Time:1 Minute, 10 Second

मनोज घर्तीमगर

  पोखरा–२६ भकुण्डेको हिमाली बाल कल्याण संरक्षण मञ्चले भदौरे तामागी गाविसका पहिरो पिडितहरुलाई जस्ता पाता वितरण गरेको छ ।

साउन १३ गते गएको विनासकारी बाढि पहिरोमा परि पिडित भएका २४ परिवार लाई ३६ वण्डल जस्तापाता वितरण गरेको हो । हिमाली बाल कल्याण संरक्षण मञ्चका शाखा प्रमुख टंक प्रसाद गुरुङले पिडितहरुलाई जस्तापाता हस्तान्तरण गरेका हुन् । उनले दिन दुःखीको सहारा भगवान हुन्छन् भन्दै अझै पनि सहयोगी हातहरु फैलाउन सबैलाई अनुरोध गरे ।

वितरण कार्यक्रममा सभापति तथा भदौरे तमागी गाविसका सचिव शेरवहादुर कुवँरले सहयोगले पिडितलाई केहि भए पनि राहत हुने बताए । कार्यक्रममा स्थानिय समाजसेवी र सर्वदलीय सम्यन्त्रका नेताहरुले सहयोगको प्रशंसा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %