गोविन्द घर्ती
देवदह ,२ भद्रौ – अर्गानिक तरकारी खेतीको रुपमा परिचित रुपन्देहीको देवदह–७, सरनवारीका कृषकले धानको सट्टा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
धान रोप्ने खेतमा बेमौसमी तरकारी खेती गरी किसानहरुले मनग्य आम्दानी लिन सफल भएका हुन । बोडी, करेला, भिण्डी, घिरौला लगायतका तरकारी लगाएको सरनवारीका अगुवा कृषक मानबहादुर गाहाको भनाई रहेको छ । गाहाको भनाई अनुसार धान रोपेर त्यसबाट आउने आम्दानी भन्दा तरकारी खेतीबाट बढि आम्दानी हुने भएकोले आफुले बेमौसमी तरकारी खेती गरेको हो ।
करिव २५ कठ्ठा क्षेत्र फल जग्गामा लगाएको बेमौसमी तरकारी स्थानीय बजारमा लगेर विक्रि वितरण गर्न शुरु गरेको कृषक गाहाको भनाई रहेको छ । एक लाख भन्दा बढि लगानी गरेर लगाएको तरकारी खेतीबाट उत्पादन शुरु भईसकेको गाहाले बताए । उत्पादीत तरकारीको बजार मूल्य उचित पाउन नसकेको कृषक गाहाको भनाई रहेको छ । देवदहको सरनवारी क्षेत्रमा करोडौ रुपैयाको तरकारी उत्पादन हुदै आए पनि धानको सट्टा तरकारी खेती गरिएको भने यो पहिलो पटक हो ।
यस भन्दा अगाडिका बर्षहरुमा थोरै जग्गामा बेमौसमी तरकारी खेती गरेपनि यस बर्ष भने आफनो सम्पूर्ण जग्गामा बेमौसमी तरकारी खेती गरेको कृषक गाहाको भनाई रहेको छ ।
