तामाङ मिडिया अवार्ड भक्तबहादुर स्याङ्तन र बुद्धप्रसाद गोलेलाइ

Read Time:2 Minute, 57 Second

देब पचभैया

काठमाडौं, ३  भदौ – तामाङ मिडिया अवार्ड २०७२ बाट दुई जना सम्मानित भएका छन् ।

सञ्चारकर्मीले पछाडि परेका समुदायको आवाज बुलन्द गर्नुपर्छ : डा. विष्ट (तामाङ मिडिया अवार्ड भक्त र बुद्धलाई)

नमो बुद्ध एफएम काभ्रेका स्टेशन म्यानेजर भक्तबहादुर स्याङ्तन र भोजपुरबाट पहिचान दैनिकका बुद्धप्रसाद तामाङ अवार्डबाट सम्मानित भएका हुन् । तामाङ संचार समूहले तामाङ समुदायबाट संचार क्षेत्रमा सक्रिय भइ कलम चलाउदैं आएका संचारकर्मीलाई वार्षिक रुपमा दुइजनालाई सम्मानपत्रबाट सम्मानित गर्दै आएको छ । २१ औं तामाङ प्रसारण दिवसको अवसर पारी पुरस्कार वितरण गरीएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मानित हुने संचारकर्मीलाई बधाई दिए । संचार क्षेत्रमा समावेशीता आजको अपरिहार्यता रहेको अध्यक्ष विष्ठले बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरुङले समावेशी संचार नीतिका लागि फोनिजले पहल गरीरहेको भन्दै मातृभाषामा सूचना पाउने अधिकार संविधानमै ग्यारेन्टी गरिपर्ने सुझाव दिएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिं लामाले आम संचार नीतिमा मातृभाषाका लागि आफुले प्रयास गरिरहेको बताए । पुरस्कार वितरण समारोहमा तामाङ संचार समूहका सल्लाहकार अमृत योञ्जनले तामाङ संचारको परिचय, ईतिहास, चुनौति लगायतका विषयमा प्रस्तुती गरेका थिए ।

पुरस्कृत संचारकर्मी भक्तबहादुर स्याङ्तनले पत्रकारिता शुरु गर्दादेखि अहिलेसम्म आइपुग्दाको अनुभूति सुनाए र पुरस्कृत गरेकोमा तामाङ संचार समूहप्रति आभार ब्यक्त गरे । पुरस्कृत बुद्धप्रसाद तामाङले पुरस्कारले आफुलाई थप जिम्मेवार बनाएको बताए ।

तामाङ संचार समूहका अध्यक्ष जगतमान बलको अध्यक्षतामा सम्पन्न समारोहमा तामाङ समुदायका विभिन्न ब्यक्तित्वहरुले संविधानमा तामाङ समुदायको अधिकारका विषयमा बोलेका थिए । पुरस्कृत हुने संचारकर्मीलाई महासंघका अध्यक्ष डा. विष्टले सम्मानपत्र तथा खदा लगाइ सम्मान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %