कमल चौधरी
बुटवल,भाद्र १ – विगतमा उत्पीडित आदिबासी जनजाति, थारु, मधेशी, मुस्लिम, महिलासँग सरकारले गरेको सम्झौताहरु संविधान मस्यौदमा उल्लेख नभएको भन्दै थारु कल्याणकारिणी सभाले आन्दोलनको बाटो रोजेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
उनीहरुले विगतमा भएका आदिबासी जनजाति आन्दोलन, मधेशीआन्दोलन, थारुहट आन्दोल, महिला अन्दोलनलाई कुथरघाट गरेको अरोप लगाउदै विगतमा भएका सम्झौताहरु कार्यन्वयन गराउनको लागि दवाव स्वरुप बन्दको विकल्प रोजेको बताए । उक्त कार्यक्रममा थारु कल्याणकारीणी सभाका जिल्ला सभापती तथा थरुहट जिल्ला संघर्ष समितिका संयोजक रामबली चौधरीको अध्यक्षता, सचिव नविन चौधरीको संचालन रहेको थियो ।
रुपन्देहीमा भएको कार्यक्रममा मंगलबार थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य देवी प्रसाद चौधरीले थरुहटलाई टुक्राउने षडयन्त्र गरेको भन्दै ६ प्रदेशको सिमङ्कन आफूहरुलाई कुनै हालतमा मान्य नरहेको जिकिर गरे । उनले सवै जातजाति समुदायको अधिकार सुनिश्चित हुने खालको पहिचान सहितको संविधान निर्माण हुनुपर्नेमा जोड दिए ।
त्यस्तै थारु कल्याणकारीणी सभा रुपन्देहीले भदौ २, ३ र ४ को बन्दलाई सफल बनाउनको लागि समिति गठन गरेको संघर्ष समितिका जिल्ला संयोजक रामबली चौधरीले जानकारी दिए । त्यस्तै संघर्ष समिति तथा थारु कल्याणकारी सभाले बन्दको लागि अनुगमन तथा प्रचार प्रसारमा कमल नारायण चौधरीको संयोजकमा ६ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै अन्दोलनलाई सफल बनाउनको बुटवल (राजमर्ग चौराह)का लागि थाकस का जिल्ला सदस्य खुसी राम चौधरीको संयोजगमा ८ सदस्यीय समिति गठन गरेको छ ।
थाकस तिनपा सभापति परासनाथ चौधरीको संयोजकमा भैरहवा (बुद्धचोक) का लागि ५ सदस्यीय समिति गठन, थाकसको जिल्ला सदस्य निर्मला चौधरीको संयोजकमा देवदह खैरेनीका लागि ९ सदस्यीय समति गठन, त्यस्तै धकधई क्षेत्रका लागि थरुहट तराई पार्टीका केन्द्रीय सदस्य करम चन्द चौधरीको संयोजकत्वमा ९ सदस्यीय, सलझण्डीका लागि थाकसका जिल्ला सदस्य बुद्धिराम चौधरीको संयोजकत्वमा ९ सदस्यीय, कोटिहवामा तिनपा थारु कल्याणकारीणी सभाका सचिव दिननाथ चौधरकिो संयोजगमा १० सदस्यीय आन्दोलन समिति गठन गरेको छ भने सौफसर्टिकर क्षेत्रका लागि थाकसका जिल्लासदस्यीय चन्द्रमान चौधरीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेका छ ।
त्यस्तै नयाँगाउ, मुर्गीया, मणिग्राम, लुम्बिनी लगायतको ठाउँहरुमा बन्दलाई सफल पार्नको लागि समिति गठन गरेको प्रचार प्रसार संयोजक कमल नारायण चौधरीले जानकारी गराए ।
