मधेस–तराई–थरुहट अनिश्चितकालीन बन्द तथा आम हड्ताल

Read Time:2 Minute, 24 Second

राज्यसत्ता

काठमाडौं,सावन ३२ – सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेस सद्भावना पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बैठकले तराई–मधेस–थरुहटमा अनिश्चितकालीन बन्द हुने निर्णय गरेको छ ।

प्रतिगामी ६ प्रदेशको मस्यौदा संविधानको विरुद्धमा साउन ३१ र ३२ गते मोहन वैद्य नेतृत्वको ३३ दलीय मार्चासहित बन्द आह्वान गरेको मोर्चाले यस्तो निर्णय गरेको हो । तर काठमाडौं उपत्यका र पहाडी–हिमाली जिल्लाहरुमा भने आज ४ः०० बजेदेखि खुला रहने निर्णय भएको छ ।

बन्दको शिलशिलामा शान्तिपूर्ण नाराजुलुस, धर्र्ना गरिरहेका नेता कार्यकर्ताहरुमाथि प्रहरीको अमानवीय व्यवहार प्रकट गरी धरपकड, लछारपछारजस्ता ज्यादतीपूर्ण कार्य गरेको विरोधमा आन्दोलन थप बनाइएको हो । प्रहरी प्रशासनको सुनियोजित अमानवीय व्यवहारप्रति बैठकले घोर भत्र्सना गरेको छ ।

समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव रामसहायप्रसाद यादव र केन्द्रीय नेता तथा कार्यकर्ताहरुमाथि बर्बर दमन गरी गिरफतार गरिएको थियो ।

देशव्यापी बन्द कार्यक्रमको क्रममा पक्राउ परेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विना शर्त रिहा गर्न समेत बैठकले आग्रह गरेको छ । मोर्चाले आह्वान गरेको दुई दिने बन्द कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने नागरिक समाज, उद्योग  र यातायात व्यवसायी, पेसाकर्मी, मजदुर, किसान, प्राध्यापक, शिक्षक, वकिल, पत्रकार, संघसंस्थालगायत सम्पूर्ण देशवासीहरुलाई हार्दिक धन्यवाद समेत दिएको जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %