समाजवादी फोरमका सहअध्यक्ष श्रेष्ठ पक्राउ

Read Time:1 Minute, 12 Second

देब पचभैया

काठमाडौं, ३१ साउन – ६ प्रदेशको विरुद्धमा आज भएको नेपाल बन्दको क्रममा संघीय समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।

 

पूर्वमन्त्री समेत रहेका उनलाई काठमाडौंको विर अस्पताल अगाडिबाट प्रहरीले पक्राउ गरेको हो । उनीसहित संघीय समाजवादी पार्टीका अन्य तीन दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई प्रहरीले पक्रेर लगेको संघीय समाजवादी पार्टीका युवा संघका अध्यक्ष सुनिल चौधरीले जानकारी दिए ।

‘प्रहरीले हाम्रा सहअध्यक्ष राजेन्द्र श्रेष्ठज्यूलाई समेत लछारपछार र लाठी चार्ज गर्दै गाडीमा हालेर लगेको छ,’ चौधरीले भने, ‘हामी जुलुस लिएर भोटाहिटीबाट विर अस्पताल हुँदै सुन्धारातर्फ जाँदै थियौ त्यही प्रहरीले हस्तक्षेप गरेको हो ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %