ज्ञानेन्द्र पुनमगर
काठमाडौ , श्रावण ३० – मगरातले भाद्र ३ गते विरोध प्रर्दशन गर्न आज संघको केन्द्रीय कार्यालय कलंकीमा तयारी बैठक बस्यो ।
चार दालको शिर्ष नेताहरुको मनोमानीमा विना आधार हचुवाको भरमा ल्याईएको ६ प्रदेश जसबाट प्राचिन र ऐतिहासिक मगरात भूमि र अहिलेको मगरहरुको भाषिक सघनता, बसोबासमा सघनता, सास्कृतिक सघनतालाई छिन्न–भिन्न बनाउने ढंगले
तीन टुक्रामा विभाजन गरेको बिरुद्धमा र मगरात भूमिलाई एउटै प्रदेशमा सुनिश्चितता गर्नका लागि २०७२ भाद्र ३ गते नयाँबानेश्वरमा विरोध प्रर्दशन गर्नका लागि तयारी स्वरुप आज नेपाल मगर संघको केन्द्रीय कार्यालय कलंकीमा संस्थागत प्रतिनिधीहरुको बिचमा तयारी बैठक सम्पन्न भएकोछ ।

आजको बैठकले विरोध प्रर्दशनमा उल्लेखनीय उपश्थितिका लागि विभिन्न जिम्मेवारीहरु विभाजन गरिएको छ । विरोधप्रर्दशनका लागि काठमाडौ, ललितपुर, संघको भातृसस्थाहरु महिला, विद्यार्थी, युवा, सास्कृतिक र सम्पर्क समन्वयहरुलाई जिम्मेवारी दिइएको छ ।
त्यसै गरि स्वयंसेवक परिचालन र प्रर्दशन व्यवस्थापनका लागि विद्यार्थी र युवा संघलाई जिम्मेवारी दिईएकोछ । भाद्र ३ गते विहान ११ः३० बजे बबरमहल सडक विभाग अगाडी उपश्थित हुने र त्यहाँबाट विरोध प्रर्दशन गर्दै नयाँबानेश्र तर्फ जाने निर्णय भएको छ । त्यसैगरि सास्कृतिक झाँकी प्रदशनी तथा व्यवस्थापनका लागि सास्कृतिक संघलाई जिम्मेवारी दिइएको छ ।

यस तयारी बैठकको अन्तिम तयार तथा विस्तारित बैठक भाद्र १ गते पुनः बस्ने भएको छ । नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न भएको बैठकले मगरात प्राप्तीको संघर्षको अभियानका लागि नैतिक भौतिक र आर्थिक रुपले सहयोग गरि यस अभियानमा सहभागिताका लागि सबै–सबैमा हार्दिक अपिल गर्ने निर्णय भएको केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुनमगरले बैठक पछि जानाकारी गराएका छन ।
