आदिवासी जनजाति महासंघद्वारा देशव्यापी आन्दोलन र बन्द घोषणा

Read Time:2 Minute, 26 Second

राज्यसत्ता,

आदिवासी जनजाति महासंघद्वारा देशव्यापी आन्दोलन र बन्द घोषणा  काठमाडौं, २९ साउन । संविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दालाई सम्बोधन नगरेकोप्रति घोर आपत्ति प्रकट गर्दै नेपाल आदिवासी जनजाति महासंघले देशव्यापी आन्दोलन र बन्दको कार्यक्रम घोषणा गरेको छ ।

प्रमुख चार राजनीतिक दलको सहमतिमा ल्याएको नामाङ्कन र सिमाङ्कनविनाको ६ प्रदेशप्रति गम्भीर असहमति जनाउँदै धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता लगायतका आदिवासी जनजातिका मुद्दालाई सम्बोधन नगरेकाले महासंघ आन्दोलित भएको हो ।

महासंघले नेपाल बन्द लगायत भदौ १० गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको सभासद् तथा महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए ।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सभासद् तथा महासंघका महासचिव पेम्बा भोटेले महासंघले भदौ १ गते संविधानको मस्यौदा जलाउने, भदौ १ देखि भदौ ५ सम्म जिल्लाहरुमा खबरदारी सभा गर्ने, भदौ १ गते धर्मनिरपेक्षता सुनिश्चितताबारे आदिवासी सभासद्सँग छलफल गर्ने बताए ।

यसैगरी महासंघले भदौ २ गते शेर्पाहरुको सम्पूर्ण संघसंस्थाहरुको किदुकहरुको नेतृत्वमा बौद्धदेखि बानेश्वरसम्म सांस्कृतिक दबाबमूलक र्‍याली, भदौ ४ गते ताम्सालिङ मार्चपाससहित बानेश्वर घेराउ, भदौ ५ गते शान्तिवाटिकाबाट साँझ मसाल जुलुस गर्दैछ ।

भदौ ६ र ७ गते नेपाल बन्द, भदौ ५ गते सभासद्हरुसँग निर्णायक छलफल र भदौ ८ देखि १० गतेसम्म प्रान्तीय प्रदेश तथा स्वायत्त क्षेत्रहरुमा आमसभा गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा कुमालले आदिवासी जनजातिको मुद्दाको सम्बोधन नभएसम्म आदिवासी आन्दोलन चलिरहने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

इसमता बाट साभार ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %