मगरले बुझाए प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

Read Time:3 Minute, 4 Second

रूपन्देही,साउन २९ – नेपाल मगर संघ रुपन्देहीले प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।

Click for Options

विभिन्न राजनैतिक भातृ संगठन सहीतको संयूक्त हस्ताक्षरमा ५ बुदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा चारदलको शिर्ष नेताहरुको निहित स्वार्थमा विना आधार तयार गरिएको ६ प्रदेश त्रृतिपूर्ण, अवैज्ञानिक भएकोले तत्काल फिर्ता गर्नु पर्ने, जनताको अग्रधाधिकार, आत्मनिर्णयको अधिकार सहित ऐतिहासिक पहिचानको आधारमा मगर जातिको संघन बसोवासलाई टुक्रयाउन नपाउने र स्वायत्त मगरात प्रदेशको माग गरेको छ ।

त्यसैगरी पूर्ण समानुपातिक, समावेशी, धर्म निरपेक्षता कायम हुनु पर्ने, आएल ओ १६९ कार्यान्वयन गर्नु पर्ने, सवै जात बर्ग, भाषा धर्म, संस्कृति क्षेत्रको संविधानमा सुनिश्चित गर्नु पर्ने माग सहीत ज्ञापन पत्र बुझाएको हो । चार राजनैतिक दलका नेताहरुले विना आधार ६ प्रदेशको ल्याएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

Click for Options

आदिवासी जनजातिहरु, मधेशी, दलित, महिला तथा पिछडा बर्ग संग गरेको सम्झौता कार्वान्वयन गर्नु पर्ने भन्दै ज्ञापनपत्र बुझाएको मगर संघले जनाएको छ । केन्द्रीय समितिको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघले जनाएको छ ।

ज्ञापनपत्र बुझाएपछि भैरहवाको मिलनचोकमा भएको कोणसभामा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाले पहिचान विनाको ६ प्रदेश मगरहरुको हितमा नभएको हुदा राजनैतिक दलहरुले गरेको निर्णय फिर्ता हुनु पर्नेमा जोड दिए । उनले पहिलो संविधान सभाले गरेका सहमतिका बुदाहरु दोश्रो संविधान सभाले ग्रहण गरेकाले कार्यान्वयन गर्न माग गरे । मगरहरु अधिकार संविधानमा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताए ।

ज्ञापनपत्र बुझदै रुपन्देहीका प्रमुद जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले अनैतिक कृयाकलाप नगरी आ आफनो माग राख्न आग्रह गरे । उनले ज्ञापनपत्रलाई प्रधानमन्त्रीको कार्यालयममा पठाउने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %