उत्पिडन विरोधी संयुक्त राष्ट्रिय मोर्चा गठन

Read Time:2 Minute, 26 Second

देब पचभैया  

काठमाडौं, २८ सावन –  प्रमुख राजनीतिक दलहरुको सहमतिले दिन खोजेको प्रतिगामी र पश्चगामी एक थान सविधान आफुहरुलाई स्वीकार्य नभएको भन्दै आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल, मधेसी, मुस्लिम, दलित, बौद्ध, किराँत लगायतका समुदायले उत्पिडन विरोधी संयुक्त राष्ट्रिय मोर्चा गठन गरेका छन् ।

उत्पिडनमा परेकाहरुको संयुक्त मोर्चाले बहूधार्मिक, बहूसांस्कृतिक राष्ट्रलाई अझै पनि एकात्मक शासन, एक धर्म, एक भाषा, एक संस्कृति लाद्न खोजेकोप्रति आपत्ति प्रकट गरेको छ । संयुक्त राष्ट्रिय मोर्चाले विज्ञप्ति जारी गर्दै जनजाति, मधेसी, मुस्लिम दलित लगायतले अग्रगामी, पहिचानसहितको संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधिमूलक संविधान चाहेको बताएको छ ।

‘हामीलाई एक थान संविधान होइन अग्रगामी, पहिचानसहितको संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधिमूलक संविधान चाहेको हो ।’ पूर्वमन्त्री रिजमा अन्सारीले भने । जनजाति अगुवा सुरेश आलेमगरले प्रमुख राजनीतिक दलहरुले ल्याएको नामाङ्कन र सिमाङ्कन विनाको प्रदेशले विगतमा आदिवासी जनजाति, मधेसीसंग भएको सहमतिलाई कुठाराघात गरेको बताए ।

मोर्चाको साझा एजेण्डामा धर्म निरपेक्षता, जाति तथा समुदायगत पहिचानसहितको संघीयता, अल्पसंख्यक समुदायलाई स्वायक्त क्षेत्र तथा विशेष संरक्षित क्षेत्र, पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व, संघीय गणतन्त्र, लोकतन्त्र, मुस्लिम, महिला, दलित, अपाङ्ग र अति सिमान्तकृत समुदायहरुको विशेषाधिकार लगायत रहेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %