यो बर्षको पाटा पुरस्कार राना मगरलाई

Read Time:2 Minute, 52 Second

गोविन्द घर्ती

  देवदह ,साउन २७ –  नेपाल आदिवासी जनजाति महासंघ फोनिजले प्रदान गर्दै आएको स्व. देव पाटा उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७२ बाट रेडियो देवदहका संस्थापक स्टेशन म्यानेजर तथा पत्रकार यम रानालाई प्रदान गरिने भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, रुपन्देहीले विगत  बर्ष देखि स्व. देव पाटा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । स्व. देवपाटा उत्कृष्ट पत्रकारिता पुरस्कार आदिवासी जनजातिको मुद्दाका वारेमा कलम चलाउदै आएका आदिवासी जनजाति पत्रकारलाई प्रदान गर्दै आएको छ ।

पुरस्कृत पत्रकार राना फोनिज रुपन्देहीको सचिवमा रही लामो समय काम गर्दै आएका थिए । पत्रकार राना विगत लामो समय देखि विभिन्न सञ्चार माध्यम हुदै रेडियो देवदहको संस्थापक स्टेशन म्यानेजरमा रही आदिवासी जनजातिका मुद्दा उठाई रहेका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको स्थापना दिवसको अवसरमा उक्त पुरस्कार रानालाइ प्रदान गरिन लागेको फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाले बताए ।

सूर्य श्रेष्ठ संयोजक, गोविन्द घर्ती र हिक्मत चौधरी सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा फोनिज रुपन्देहीले पत्रकार रानालाई स्व. देवपाटा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको फोनिज रुपन्देहीका सचिव आशिष सूर्यवंशीले बताए ।

स्व. देवपाटा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको संस्थापक अध्यक्ष भईकाम गरेको र उनको सवारी दुर्घटनामा परी निधन भएको थियो । स्व. देवपाटा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट त्तिलोत्तमा दैनिकका प्रविण गाहा, बुटवल टुडेका लोक गुरुङ्ग, रेडियो जागरणका टेकबहादुर मास्कीराना, रेडियो देवदहका गोविन्द घर्ती र रेडियो लुम्विनीका हिक्मत चौधरी पुरस्कृत भइसकेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %