कृष्ण सारू मगर
बहराईन, श्रावण २४ – यहि आउँदो १४ अगष्ट २०१५ सुक्रबारका दिन सेवारो नेपाली रेष्टुरेन्ट (मानमा) बहराईन मा विहान ११:०० देखि सुरू हुने छ ।
नेपाल आदिवासी जनजाती महासंघ बहराईनले २१ औ विश्व आदिवासी दिवस भब्यताका साथ मनाऊन सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
पाँच विशुद्ध जातिय संगठनको सहकार्य तथा अन्य सह्योगी मन र हातहरूको सह्योगमा महासंघले गत बैसाख १२ र २९ गते गएको प्राकृतिक प्रकोप बिनासकारी भूकम्प र पराकम्पन बाट पिडितहरु लाई राहतका लागी महासंघको संयोजनमा सङ्कलन गरी पठाएको सहयोग बितरण सु-सम्पन्न भएको आदिकारिक जानकारी विवरण सार्वजनिक गर्नुका साथै उक्त आपत्कालिन राहत संकलनमा अहोरात्र खट्ने भावनात्मक सह्योगी महान ब्यातित्वहरु लाई सो कार्यक्रमको शुभ अवसरमा सम्मान गरिने पनि सातौ बैठकले पारित गरेको छ ।
२१औ विश्व आदिवासी जनजाति दिवस भब्य सफल बनाउन पाँच जातिय संगठनहरूको सहकार्यमा महासंघले सम्पुर्ण आदिवासी जनजाति समुदायहरू लाई कार्यक्रममा उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक अपिल समेत गरेको छ ।