कानुन तथा शान्ति मन्त्रि नरहरी आर्चायलाई ध्यानकर्षण पत्र बुझाइयो
दिल प्रशाद थापा मगर
काठमाडौ , श्रावण २४ – २०७२ श्रावण २२ गते प्रथम सहिदलखनथापा मगर स्मृति प्रतिष्ठानले सहिदलखनथापामगरलाई प्रथम सहिद घोषणा गराउने सन्र्दभमा कानुनतथा शान्तिमन्त्रि नरहरी आर्चायलाई उनकै निवासमा भेटी प्रथम सहिद घोषणा गराउन आवश्यक प्रक्रिया र भूमिका खेलीदिन आग्रहगर्दै लखनथापामगर सम्बन्धी सामग्री समेत अध्यनकालागि प्रदानगरियो ।
प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रामप्रसाद उपाध्याय, अध्यक्ष रुल बहादुर आले मगर, महासचिव दिलप्रसाद मगर र सदस्य सानु राना मगर उपस्थितभई मन्त्रि आर्चायलाई महत्वपुर्ण भुमिकानिर्वाह गरी प्रथम सहिद घोषणा गराउनपहल गरीदिनकालागि अनुरोध गरियो ।
भेटकै अवसरमा प्रतिष्ठानले शुरु गरेको बुकोट गुरुयोजनाबारेमा समेत जानकारी गरायो । मन्त्रिआर्चायले लखनथापा मगरबारेमामन्त्रिपरिषदमा छलफल भइरहेको साथै यसकालागिआवश्यक विधि र प्रक्रियाका विषयमा छलफल भैरहकाले सकेसम्म सरकारबाट केहि सम्बोधन हुन सक्ने बताए ।
स्मरण रहोस् गतअसार २१ गते सम्माननीयप्र धानमन्त्री सुशिल कोइरालालाई समेत भेटी प्रथम सहिद घोषणाको मागलगायत ५ बुँदे माग सहितको ज्ञापन पत्रबुझाइएको थियो ।
साथै प्रधानमन्त्री यस विषयमा सकारात्मक रहेको थिए । प्र.श.ल.था.म.स्मृ.प्र.कातर्फबाट अध्यक्ष रुल ब आले तथामहासचिब दिल प्र मगर
