राज्यसत्ता डट्कमका देविका घर्तीमगर सहित सात जना आइभिए अवार्ड बाट सम्मानित

Read Time:2 Minute, 0 Second

राज्यसत्ता,

काठमाडौ, श्रावण २३ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७२’ (आइभिए अवार्ड) ७ जना पत्रकारले पाएका छन् । शनिबार सभामुख सुवासचन्द्र नेम्वाङले उनीहरुलाई पुरस्कृत गरे ।

fonij

पत्रकारिता पुरस्कार पाउनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धर र राज्यसत्ता डट्कम तथा हिमाल खबरपरित्रकाका देविका घर्तीमगर, टेलिभिजनतर्फ सगरमाथा टिभीका रोजिना लामा  र संयुक्त रुपमा एबीसी टिभीका लोकबहादुर गुरुङ र लाला गुरुङलाई प्रदान गरिएको छ । त्यसैगरी रेडियोतर्फ इलाम एफ.एफका सन्तोष नेम्बाङ र रुपन्देहीस्थित रेडियो जागरणका कमला चौधरीलाई पुरस्कृत गरिएको छ ।

फोनिजले एसियामा आदिवासी जनजाति गठबन्धन -एआईपिपि)को सहयोगमा विश्व आदिवासी दिवसको अवसरमा हरेक वर्ष पुरस्कार दिंदैआएको छ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विस्ट, महासचिव उजिर मगर, नेपाल आदिवासी जनजति महासंघका अध्यक्ष तथा सभासद नगेन्द्र कुमाल, फोनिजका अध्यक्ष डण्ड गुरुङ, महासचिव गजुरधन राई, पूर्वअध्यक्ष मोहनसिंह लामालगायतले पूर्ण समावेशी संविधानको पक्षमा विचार व्यक्त गरेको कान्तिपूरले समचार दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %