हिन्दु धर्म घोषणा गरे समानान्तर सरकार बनाउने झमको बम

Read Time:3 Minute, 22 Second

कृष्ण सारू मगर 

बुटवल-२३ धर्म निरपेक्ष राष्ट्र संरक्षण समिति द्वारा आयोजित बुटवलको राजमार्ग चौराह (लखन चौक) बाट शान्तिपुर्ण -याली सुरू भै मिडिया चौकमा पुगेर खबरदारी सभा गरेको छ ।

  

सुरज थापाको संयोजकत्वमा रहेको मगर बौद्ध सेवा समाजका अध्यक्ष समेत रहेकी पार्वती घर्ती मगरले विश्व शान्तिका दुत भगवान गौतमम बुद्ध जन्म भुमी राष्ट्र भएता पनि सबै जात, जाति, संस्कार संस्कृतिमा धार्मिक सहिष्णुता कायम हुनु आवश्यक रहको बताउँदै स्वागत मन्तब्य दिएकी थिईन भने, सोनु थापा मगरले कार्यक्रम संचालन गरेको थिए ।

ख्रिष्चियन महासंघ नेपालका महासचिव सि.बि.गहतराजले मुलुक धर्मनिर्पेक्षता बाट पछि हटेर संविधान जारी गरे धर्मनिर्पेक्षवादीहरू सडकमा उत्रने चेतावानी दिए ।

 

समाजसेवी दल ब.बिरकट्टा मगरले थप्दै भने, अन्तरिम संविधान २०६३ले गरेको धर्मनिर्पेक्ष निर्णय बाट पछि नहट्न सरकारलाई सुझाव दिएका थिए, भने, समाजसेवी राम प्रसाद बन्जाडेले ती ठूला भनाउदा दलहरू अन्तरिम संविधानमा आफैले गरेको निर्णय बाट पनि पछि फर्किन लागेकोमा आपत्ति जनाउँदै जनमत संग्रह पनि विकल्प रहेको जिकिर गरे ।

यदि चार दलले जवरजस्त हिन्दु धर्म घोषणा गर्ने कु-चेष्टा गरिए समानान्तर सरकार गठन गरी देश चलाउने समेत झम ब.गुरूङले चेतावनी दिएका थिए ।

बुटवल उप-महानगरपालिकाका पुर्व उप-मेयर विमल ब. शाक्यले राष्ट्रको कुनै धर्म नहुने जिकिर गर्दै धर्मनिर्पेक्षताका लागि हजारौ संख्यामा उपस्थित शान्तिपुर्ण र्यालीमा सहभागीहरू संग आफुहरू अन्तिम घडी सम्म पनि धर्मनिरपेक्षताका लागि संघर्षमा कटिवद्ध रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।

संयोजक सुरज थापा, पत्रकार सनु थापा मगर,सह-संयोजक पार्वती घर्ती मगर, मुस्लिम समाजका मकबुल शाह, समाजेवी सुर्जेलाल लाल गुरूङ,धार्मिक अभियान्ता धनी आले मगरले पनि आ-आफ्नो धारणा राख्दै संविधानसभा अध्यक्ष सुवाष चन्द्र नेम्वाङलाई रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल मार्फत मुलुक धर्मनिरपेक्ष राष्ट्र कायम राख्न माग गर्दै ज्ञापन पत्र बुझाउँदै धर्मनिर्पेक्ष राष्ट्र संरक्षणात्मक आयोजक समिति रूपन्देहीले खवरदारी सभा संपन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %