देब पचभैया
काठमाडौं, २३ – संविधानको मस्यौदामा उल्लेख भएको धर्म निरपेक्ष शब्दप्रति पछिल्लो समयमा बलजफ्ती विवादास्पद बनाउने अभिब्यक्तिहरु आउन थालेकोप्रति धर्म निरपेक्ष संरक्षण महासमितिले आपत्ति जनाएको छ ।
संविधानमा नै धर्मनिरपेक्ष राष्ट्र उल्लेख गरि संशोधित संविधानमा समेत उल्लेख भइसकेको अवस्थामा यसलाई हटाउने चलखेल उच्च ओहदाका ब्यक्तिहरुबाट भइरहेको भन्दै महासमितिले खेद प्रकट गरेको हो । धर्म निरपेक्ष राष्ट्र अब बन्ने संविधानमा अझ अपरिवर्तनीय शब्दावली अर्थात प्रस्तावना र असंशोधनीय धारामा राखिनुपर्ने महासमितिको माग छ ।
पत्रकार सम्मेलनमा महासमितिले अतिवादी पक्षहरुले गरिरहेको धार्मिक असहिष्णुतापूर्ण क्रियाकलापहरुले धर्म निरपेक्ष राष्ट्र भन्ने शब्दलाई संकटग्रस्त बनाउदैं लगिरहेको उल्लेख गरे । ‘धर्म निरपेक्ष शब्दवलीलाई कुनै किसिमको मुद्दा नबनाइयोस ।’ महासमितिको विज्ञप्तिमा उल्लेख छ ।
बौद्ध, किरा“त, इशाई, बहाई र शिख धर्म सम्बद्ध महासमितिले आफुहरुको सुझावलाई बेवास्ता गरे, धर्म निरपेक्ष भन्ने शब्दावली संविधान नराख्ने प्रयत्न गरे आफुहरुलाई मान्य नहुने बताएको छ । ‘यस्ता षड्यन्त्रको प्रतिकार गर्न यो महासमिति बाध्य हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।
बिज्ञाप्ति पढ्न यो लिंक थिच्नुहोस:जताततै धर्मनिरपेक्षको माग बढ्दो : प्रेश विज्ञप्ति सहित फोटो समचार
