धर्मनिरपेक्षता कायम गर्न माग

Read Time:1 Minute, 16 Second

बुटवल, २२ श्रावण – धर्मनिरपेक्ष संरक्षण समिति,रुपन्देहीले बुटवलमा बृहत शान्तिपूर्ण खबरदारी र्याली निकालेको छ ।

धर्मनिरपेक्ष राष्ट्र नेपाल कायम गराउंन माग गर्दे समितिले र्याली निकालेको हो ।  समितिका अध्यक्ष सुरज थापाका अनुसार राजमार्ग चौराहस्थित लखनचोकबाट शुरु भएको बृहत र्यालीले  बुटवल बजार परिक्रमा गरी मिडिया चोकमा सभा गरेको थियो ।

सभालाई एमाओवादीका केन्द्रीय सदस्य टंकमणी शर्मा,राष्ट्रिय जनमुक्ति पार्टी,रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ,ख्रिष्चियन महासंघ नेपालका महासचिव सि.बि गहत्तराज,नेपाल मगर संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर बिरकट्टा,बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर बिमलबहादुर शाक्य,भिक्षु सागर धम्ब,मुश्लिम तथा सिंख समुदायका नेताहरुले सम्बोधन गरेका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %