बुटवल, श्रावण २२ – नेपाल आदिवासी जनजाति युवा महासंघ,रुपन्देहीले बुटवलमा रक्तदान गरेकोछ ।
२१ औं विश्व आदिवासी दिवस २०७२ को अवसर पारेर महासंघले रक्तदान गरेको हो ।रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको एक कार्यक्रमबीच नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका उपाध्यक्ष कृष्ण मोक्तानले उद्घाटन गरे ।
कार्यक्रममा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीका अध्यक्ष सुर्जेलाल गुरुङ,पत्रकार टेक मास्की, नेपाल मगर विद्यार्थी संघ,रुपन्देहीका अध्यक्ष तेज रानामगर लगायतले बोल्दैं रक्तदानको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । नेपाल आदिवासी जनजाति युवा महासंघ,रुपन्देहीका कार्यवाहक अध्यक्ष संजिव थापामगरको अध्यक्षता र सचिव श्री थापामगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
महासंघले हरेक वर्ष ९ अगष्टमा विश्व आदिवासी दिवस मनाउंदैं आएको छ ।
