धर्म निरपेक्ष राष्ट्र नेपाल, सरोकार समिति कास्की गठन

Read Time:4 Minute, 49 Second

साउन २८ गते पोखरामा धर्म निरपेक्षता यात्रा गर्ने,

टि.बी पुन मगर

  पोखरा, २२ साउन – धर्म निरपेक्षता पक्षधर कास्की तथा  विभिन्न सामाजिक, धार्मिक संघ संस्थाहरुको  पोखरामा विहीवार सम्पन्न भेलाले धर्मोदय सभा कास्कीका अध्यक्ष कुलामान बुद्धाचार्यको संयोजकत्वमा २९ सदस्यीय धर्म निरपेक्ष राष्ट्र नेपाल, सरोकार समिति कास्की गठन गरेको छ ।

जनताको बलिदानीपूर्ण आन्दोलन मार्फत अन्तरिम संविधानमा व्यवस्था गरिएको धर्म निरपेक्ष राष्ट्रका विरुद्ध नयाँ संविधान निर्माणका क्रममा षडयन्त्र भइरहेको भन्दै दवावका लागि गठित समितिको सदस्य सचिवमा तमु धिं नेपालका प्रतिनीधि हुमबहादुर गुरुङ चयन भएका छन ।

समितिका सदस्यहरुमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दलबहादुर गुरुङ, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष भिमबहादुर गुरुङ, बौद्ध अर्घौ सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, नेपाल तामाङ धेदुङ कास्कीका अध्यक्ष सु.हरिमान तामाङ,  नेपाल बौद्ध मगर संघ कास्कीका अध्यक्ष सु.चन्द्रबहादुर मगर, नेपाल छन्त्याल संघका अध्यक्ष भक्तबहादुर छन्त्याल, थकाली सेवा समिति नदिपुरका अध्यक्ष अम्बर तुलाचन, तमाङ बौद्ध सेवा समिति कास्कीका अध्यक्ष टेकबहादुर तामाङ छन ।

अन्यमा धर्म शिला बुद्ध विहारका अध्यक्ष कृष्णमान गुभाजु, धर्म संघ बुद्ध विहारका भरतराज शाक्य, सुखवती गुम्वाका भक्तबहादुर गुरुङ, धेछेलिङ गुम्बा दीपका तेजमान गुरुङ, युवा बौद्ध संघका राकेशमान बुद्धाचार्य, विश्वशान्ति गुम्बा फूलवारीका रामध्वज गुरुङ, ज्ञानमाला संघका विक्रम उदास, चारभञ्ज्याङ तमु समाजका पुरनध्वज गुरुङ, छ्योखोलिङ गुम्बाका कर्म लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरु रहेकाछन्  ।

भेलाले समितिको सल्लाहकारहरुमा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, विलबहादुर गुरुङ, आचार्य थुप्तेन ऐसे गुरुङ, भन्ते श्रद्धानन्द, टिबी पुन, लामा पाल्देन योञ्जन, पानबहादुर घर्ती चयन भएका छन ।

धर्म निरपेक्ष राष्ट्र कायम गराउन समितिले साउन २८ गते पोखरामा विशाल धर्म निरपेक्षता शान्ति पदयात्रा गर्ने निर्णय गरेको छ ।

धर्मोदय सभाका अध्यक्ष कुलामान बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ प्राज्ञिक मञ्चका अध्यक्ष सुन्दरगुरुङले धर्म निरपेक्षताको विविध पक्षमा चर्चा गर्दै नयाँ बन्ने संविधानमा धर्म निरपेक्षताका विरुद्ध षडयन्त्र भईरहेकाले जनदवाव जरुरी रहेको बताए । चारदलका नेताहरुले धार्मिक स्वतन्त्रताको नाउमा धार्मिक युद्ध निम्त्याउन खोजेको आरोप लगाए ।

कार्यक्रममा आचार्य थुप्तेन येसे गुरुङ, कर्म तमु, अम्बर तुलाचन, देवबहादुर गुरुङ, हुमबहादुर गुरुङ, खुशी राई, क्या.चन्द्रप्रसाद गुरुङ, भन्ते श्रद्धानन्द, पुर्ण लामा, लामा पाल्देन योञ्जन, दलबहादुर गुरुङ, गोविन्द ताम्राकार, कृष्णमान गुभाजु, मनबहादुर गुरुङ, टिपी गुरुङ, श्याम शाक्य, बमबहादुर छन्त्याल, पानबहादुर घर्ती लगायतले विचार व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन दीपक तामाङले गरेका थिए ।

फोटो: टि.बी पुन मगरको फेशबुक बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %