पोखरा, २२ साउन – नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता नै कायम राख्न कास्कीका १४ बौद्ध संघ संस्थाहरुले सामुहिक माग गरेकाछन् ।
अन्तरिम संविधानमा व्यवस्था गरिएको धर्म निरपेक्षता समयानुकूल भएकाले संविधानमा धर्म निरपेक्षता कायम गर्न संघ संस्थाका अगुवाहरुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
धर्म निरपेक्षता माग गर्नेहरुमा बुद्ध जयन्ती समारोह समिति कास्कीका अध्यक्ष नरेन्द्र लालचन, धर्मोदय सभा कास्कीका अध्यक्ष कुलामान बुद्धाचार्य, धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष कृष्णमान गुभाजु, बौद्ध अर्घौ सदनका सचिव मोतीप्रसाद गुरुङ, विश्व शान्ति स्तुप समिति अनदुका अध्यक्ष प्रकाशमान गुमाजू छन ।
त्यस्तै धर्म संघ बुद्ध विहारका अध्यक्ष भरतराज शाक्य, सुखवती गुम्बाका उपाध्यक्ष भक्तबहादुर गुरुङ, धेछेलिङ गुम्बाका अध्यक्ष तेजमान गुरुङ, युवा बौद्ध संघका अध्यक्ष राकेशमान बुद्धाचार्य, बौद्ध उपाशिका संघका अध्यक्ष दमयन्ती शाक्य, विश्वशान्ति गुम्बा फूलवारीका अध्यक्ष रामध्वज गुरुङ, मैत्री संघका उपाध्यक्ष श्याम शाक्य, ज्ञानमाला संघका अध्यक्ष विक्रम उदास, अवलोकितेश्वर महाविहार ङ्युङ्ने गुम्बाका सोधे लामारहेका छन ।
