– भावना बिद्रोही
फोटो:रूपा मगर
श्रावण २१, काठमाण्डौ – रुद्र जङ्ग पुलामी अध्यक्ष रहेको नेपाल संघीय गणतान्त्रीक समाजवादी पार्टी, नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चा, नेपालको आयोजनामा प्रतिगामी मस्यौदा संविधान २०७२ को खारेजको माग लगायत लीपुलेख सम्झौताको बिरोधमा आज ब्यापक प्रदर्शन गर्यो ।
आज भएको बिरोध जुलुस रत्नपार्कको शान्तिवाटीकाबाट शुरु भई प्रदर्शनीमार्ग, सहिदगेट, सुन्धारा, न्यूरोड हुँदै काठमाण्डौको ईन्द्रचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
त्यस्तैगरी कोण सभामा सम्बोधन गर्दै नेपाल संघीय गणतान्त्रीक समाजवादीका अध्यक्ष पुलामीले आम उत्पिडित समुदाय, वर्गको बिरुद्ध आएको मस्यौदा पूर्णत; खारेज हुनु पर्नेमा जोड दिए ।
मस्यौदा नौटंकी दोश्रो सम्विधान सभा निर्वाचनको सही रुपको प्रतिफल हो भन्दै, यसले आम आदिवासी जनजाति, श्रमजिवी वर्ग, मधेसी, महिला, दलितको बिरुद्ध रहेको हुँदा, कुनै पनि हालतमा आफुहरुलाई स्विकार्य नहुने प्रष्ट पारेका थिए ।
त्यसतैगरी, सबैको भावना समेटिएको सम्विधानले मात्र मुलुकले स्थायी शान्ती प्राप्त गर्ने भएको हुँदा त्यसको निम्ती भर्पर्दो बैज्ञानिक आधार भनेको सर्वपक्षीय राजनितिक सभा भएकोले आफ्नो दल सर्वपक्षीय राजनितिक सभाको पक्षमा निरन्तर उभिने कुरामा जोडदिए ।
नेपाल सङ्घीय गणतान्त्रीक समाजवादी पार्टीका नेत्री रूपा मगर लगायतका नेताहरूले बिरोध सभालाइ सम्बोधन गरेका थिए ।






