देब पचभैया
पाल्पा, श्रावण २० – जंगली बादर गाउँ बस्तीमा मानीसले लगाएका खेती बाली र फलफुल खाएर किसानहरु लाइ सास्ती दिन थालेको छ । पश्चिम पाल्पामा दैनीक रुपमा बादरको बिगबिगी बढेपछी बादर लखेट्दा सास्ती खेप्नु परेको स्थानीय कृषकहरुले गुनासो गरेका छन् ।
छहरा ५ का स्थानय हिमप्रसाद पोखरेलले एक्लै देखे बादरले मानिसलाइ नै आक्रमण गर्न खोज्ने हुदा गाउँका दुईचार जना भएर बारीका कान्ला खेत र जंगमै पुगेर बादर धपाउन पर्ने दैनिकी भएको बताए।
बादरले मकै , तरकारीबाली गोलभेडा र खेतको धान र बतीला लाग्न थालेको सुन्तला मौसम पनि सखाप पारेको पालुङमैनादी गाविसका इन्द्र कुवँरले गुनासो गरे ।
बादरले पश्चिम पाल्पाका छहरा, सोमादी, भुवनपोखरी मुझुङ , पालुङमैनादी लगाएत डेढ र्दजन गाविसका किसानलाइ आजित बनाएको छ । बिहान देखी साझ सम्म पालो बाडेर बादरको रेखदेख गर्नु पर्दा मेलापात, बिधालय र घरायसी काममा प्रभाब परेको उनीहरुले बताएका छन् ।
मान्छेको चाप बढेपछि बनजंगल फडानी भएको र जंगलमा खानेकुरा लोप हुदै गएकाले बादर घरबस्ती तिर आउन थालेको स्थानिय बुढापाकाहरुले बताएका छन् ।
