सनु थापामगर,
बुटवल , सावन २० -संविधानमा मगर समुदायको अधिकार सुनिश्चित गराउन सडक आन्दोलन गर्नेको विकल्प नभएकोमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा मगर अगुवाहरुले जोड दिएका छन् ।
मगरको अधिकारमाथि ठेस पुग्नेगरि संविधानको मस्यौदा ल्याएको भन्दै उनीहरुले मस्यौदा नसच्याए अधिकार लिनका लागि सहीद हुन पनि पछि नपर्ने चेतावनी दिएका थिए ।
नेपाल मगर संघ,जिल्ला समिति,रुपन्देहीले नेपाल मगर बौद्ध सेवा समिति,हङकङका निवर्तमान अध्यक्ष प्रेमबहादुर गलामीमगरको स्वागत सम्मान तथा नयां संविधान,आदिवासी जनजाति आन्दोलन र मगरको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने मगर अगुवाहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दैं नेपाल मगर बौद्ध सेवा समिति हङकङका निवर्तमान अध्यक्ष प्रेमबहादुर गलामीमगरले अधिकार लिनका लागि मगरहरु विभाजित होइन एक भएर लाग्नुपर्ने बताए । आदिवासी जनजाति अगुवा अशोक पुनले अब हामीहरु संविधानमा अधिकार ग्यारेण्टी गर्नका लागि सडक आन्दोलन नैं एक मात्र विकल्प भएको बताए । अन्र्तराष्ट्रिय बुद्ध परियत्ति उदय विहारका केन्द्रीय सदस्य झमबहादुर गुरुङले नेपालमा कुनैपनि हालतमा हिन्दु राष्ट्र नहुने तर्क गदैं मगरहरु बुद्ध भुमी राष्ट्र कायम गर्न लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका सचिव दुर्गाबहादुर थापा, नेपाल मगर संघका जिल्ला सदस्य धनी आले, नेपाल मगर चलचित्र कर्मी संघका केन्द्रीय सचिव शंकर गाहा, , संघीय एक्प्रेस अर्धसाप्ताहिकका अध्यक्ष ज्ञानबहादुर थापा, नेपाल मगर रेडीयो कर्मी संघका अध्यक्ष सनु थापा, आदिवासी जनजाति पत्रकार मञ्च नेपाल , रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना , नेपाल मगर महिला संघ,रुपन्देहीकी सहसचिव केशरी गाहा,मगर बौद्ध सेवा समितिका प्रमुख प्रशिक्षक पुर्णबहादुर थापामगर , मगर युवा संघ,रुपन्देहीका अध्यक्ष पहलसिङ राना मगर , बौद्ध सेवा समिति रुपन्देहीका अध्यक्ष पार्वती घर्तिमगर, लायन्स क्लव बुद्धका उपाध्यक्ष मुसाङ झेंडी,नेपाल विद्यार्थी संघ रुपन्देहीका तेज बहादुर राना, दुर्गा थापा लगायतले बोलेका थिए ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष दलबहादुर बिरकट्टाको अध्यक्षता,सदस्य कमल थापाको संचालन तथा उपाध्यक्ष गीता सारुको स्वागतमा सम्पन्न भएको थियो ।
