पूर्वाग्रही आचरण गर्ने संचार माध्यमलाइ प्रवेश निषेध गर्नु पर्छ

Read Time:3 Minute, 8 Second

अमरदिप मोक्तान

काठमाडौं , श्रावण १९ – तामांग समुदायको विशाल खबरदारी सभा देखेर उत्साहित हृदय आज समाचार पत्र लगाएत टेलिविजनमा खबरदारी सभाको समाचार लाई महत्व नदिएको देख्दा नेपालका केहि बर्ग विशेसको मुखौटा ओढेको संचार माध्यम प्रति क्रोधको सिमा रहेन ।

सामान्य भागवत तथा सप्ताह गरेको समाचारलाई महत्व तथा प्राथमिकताका साथ प्रकाशित गरिन्छ तर तामांग सभासद ,कलाकर बुद्धिजीवी खेलाडी लामा गुरु छात्र सम्मिलित यत्रो विशाल खबरदारी सभामा उपस्थित जनसागर भन्दा केहि दुरीमा रहेको नेपालको प्रतिष्ठित भनिने कान्तिपुर कार्यालय हुदासमेत कान्तिपुरका अन्धो सम्बाददाताले विशाल जनसागर न देख्नु अन्धो ध्रितराष्ट्र जस्तै केहि वर्ग विशेष ग्रषित संचार मध्यम रहेछ भनि बुझ्न जरुरि छ ?

विश्वमा राष्ट्रको चौथो अंग संचार माध्यम कहिले पनि पूर्वाग्रही हुनु हुदैन भन्ने मान्यता विपरित नेपालका संचार मध्यमको पूर्वाग्रही आचरण ले विगत मा पनि गलत साबित भएको अनुभव गरिएको हो तर तामांग संयुक्त संघर्ष समिति द्वारा योजना गरिएको विशाल खबरदारी सभाको समाचार न आउदा चाही तामांग समुदाय प्रति सत्ताधारी वर्ग जस्तै संचार पनि घोर पूर्वाग्रही रहेछ भन्ने कुरा स्पस्ट तथा छर्लंग भएको छ । कान्तिपुरले तामांग खबरदारी सभा पश्चात भएको दलित सभाको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको देखियो ।

अन्नपुर्णले दुइ लाइनमा तामांग खबरदारीको समाचार टुंग्यायो प्रसंग दलित समाचारलाई किन प्राथमिकता दिइयो भन्ने । होइन प्रसंग तामांग खबरदारी सभाको संचार माध्यम द्वारा किन घोर उपेक्षा गरियो भन्ने हो । यसले पनि पूवाग्रही संचारमाध्यम को तामांग समुदाय प्रति कस्तो निम्न तथा निच सोच रहेछ स्पस्ट भएको छ । प्रत्येक घटना परिघटनाले मानिस लाई शिक्षा दिन्छ तसर्थ अब उप्रान्त तामांग लगाएतका मुल्वाशी कार्यक्रममा पत्रकारिता धर्म विरुद्ध पूर्वाग्रही आचरण गर्ने संचार माध्यमलाइ प्रवेश निषेध गर्नु पर्छ,  तामांग एकता जिन्दाबाद ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %