राज्यसत्ता,
काठमाण्डौं , साउन १८ -संबिधान मस्यौदामाथि बिभिन्न क्षेत्रबाट सुझाब आइरहेकै बेला संबिधानसभामा प्रतिनिधित्व गर्ने आदिबासी जनजाती सङ्ग सम्बन्धित सभासदहरुको मोर्चा आदिबासी सँसदिय मोर्चाले आफ्ना बिभिन्न माग सहित् प्रधानमन्त्री सुशिल कोइराला र सभामुख शुभाष नेम्वाङलाई साउन १२ गते ज्ञापन पत्र बुझाएको छ् ।
राष्ट्रिय जनमुक्ती पार्टी(लोक्तान्त्रिक)नेपालका अध्यक्ष तथा सभासद शिवलाल थापाको सँयोजकत्वमा गठित मोर्चाका अन्य मानानीय सदस्यहरु-गोपाल दहित(थरुहट),रामकुमार राइ(खम्बुवान),लक्षमण राजबङ्शी(नेवा),यसोधा लामा (दलित जनजाती),गंगा चौधरी सत्गौवा(थरुहट) र सिमा कुमारी बि.क.राजमुपा(लोक्तान्त्रिक)नेपाल लगायत रहेका छन ।
उक्त १६ बुदे ज्ञापन पत्रमा जातिय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व,धर्मनिरपेक्ष,आदिबासी आयोग,राष्ट्रिय जनावर गैंडा,नामङ्कन र सिमाङ्कन सहितको सङ्घियता लगायतका बिषयहरु छन ।
