पोखरा, १८ साउन – नेपाल मगर विद्यार्थी सङ्घ कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा मनिषा रानामगर चयन भएका छन ।
आइतबार सम्पन्न क्याम्पसको अधिवेशनबाट उपाध्यक्षमा विवश थापामगर, सचिवमा शितोष्णा रानामगर, सहसचिवमा तुलसा थापामगर र कोषाध्यक्षमा सन्तोषी थापामगर चयन भएका छन ।
त्यसैगरी, सदस्यहरूमा कृष्णा रानामगर, जेनिशा थापामगर, पुनम पुनमगर, विमला थापामगर, कृष्ता पुनमगर, निशा थापामगर, दुर्गा पुनमगर, मदनकृष्ण रानामगर, सुदीप थापामगर, सीता आलेमगर, विश्व आलेमगर, सोम थापामगर, विमल आलेमगर, अमर थापामगर र पूर्ण थापामगर रहेका छन ।
सङ्घका केन्द्रीय सदस्य एवं तमुवान राज्य इञ्चार्ज समर थापामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सह–सचिव दिनेश रोकामगर, पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष निशा घर्तीमगरलगायतले बोलेका थिए ।
मनिषा थापामगरको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन जिल्ला अध्यक्ष नेत्र घर्तीमगरले गरेका थिए भने पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष ध्रुव रानामगरले स्वागत गरेका थिए ।
