राज्यसत्ता
काठमाण्डौं , साउन १८ – हिजो २०७२ साउन १७ गते दिनको १:०० बजे बिभिन्न माग राखी संबिधानसभाभित्र रहेका मगर सभासदहरुको साझा संगठन मगर सभासद समुहको तर्फबाट सँयोजक शिवलाल थापा मगरले सम्वाद तथा सहमती समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाए ।
त्यसरी नै नेपाली काङ्ग्रेसका सभापति,एमालेका अध्यक्ष,एनेकपा(माओबादी) का अध्यक्ष र मधेशी जन अधिकार फोरम लोक्तान्त्रिकका अध्यक्षलाई पनि उक्त ज्ञापन पत्र बुझाएको हो ।
सो डेलिगेशन टोलिमा मा.अमरसिङ पुन,मा.गोकुल घर्ती,मा.गणेशमान पुन,मा.तुलसा राना,मा.श्रीजना तरामु लगायतका २२ जना मगर सभासदहरुको सहभागीता रहेको थियो।
ज्ञापन पत्रमा रहेका मागहरु:
(१) आदिबासी मगरहरुको सघन वस्ती,एेतिहासिक आदिभुमी,सान्स्कृतिक,भाषिक सघनताका आधारमा मगरात प्रदेश को नामाकरण सहित सिमाङ्कन गरी संबिधान जारी गर्नु पर्दछ।
(२) सबै आदिबासी जनजाती लगायत मगरहरुको मात्रिभाषालाई पनि संघ ,प्रदेश र स्थानीय तहमा सरकारी कामकाज र सार्वजनिक सेवाको कार्यमा प्रयोग गर्ने गरी राष्ट्रभाषाको मन्यता दिनु पर्दछ।
(३) धर्मनिरपेक्षलाई प्रस्तावनामा नै राख्नु पर्दछ।
(४) आदिबासी जनजातिहरुको छुट्टै संबैधानिक आयोगको व्यवस्था गरिनु पर्दछ।
(५) राज्यको हरेक अङ्ग,संबैधानिक निकाय लगायत सबै तहहरुमा समानुपातिक समाबेसी सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिस्चित गरिनु पर्दछ।
(६) राष्ट्रिय जनावर गाइको सट्टा नेपालको गौरवको रुपमा रहेको एकसिङ्गे गैंडा राखिनु पर्दछ।
(७) सबै आदिबासी जनजाती लगायत मगरहरुको प्रथाजन्य कानुनलाई मान्यता दिनु पर्दछ।
(८) सबै आदिबासी जनजाती मगरहरुको प्राचिन भुमी मगर आदिबासी र स्थानीय समुदायलाई प्राकृतिक साधन स्रोतमाथी अग्राधिकार सुनिस्चित गरिनु पर्दछ।
(९) मगरहरुको बिभिन्न भाषाका आधारमा बिभिन्न प्रदेशमा रहेका मगरहरुको स्वायत्त क्षत्र,सँरक्षित क्षेत्र सहित बिशेष सँरचनाको व्यवस्था गर्नु पर्दछ।”
(१०)जहानिय राणा शासन बिरूद्द प्रजातन्त्रका लागी आवाज उठाऊँदा जंगबहादुरले फासी दिएका नेपाल आमाका सपुत विर लखन थापा मगरलाई प्रथम शहिद घोषणा गरियोस लगायतका मागहरू रहेका छन ।
