पाल्पामा खानेपानीको हाहाकार हुने

Read Time:1 Minute, 58 Second

खानेपानी तान्ने पम्पको प्यानल बोर्ड जल्दा लाखौको क्षति ,हप्तौ दिन सम्म तानसेनमा पानीको अभाब हुदै ।

देब पचभैया

पाल्पा, श्रावण १८ – तानसेनमा खानेपानी सप्लाई गर्न प्रयोग हुदै आएको भुल्केको ३ नम्बर पम्प स्टेशनको प्यानलबोर्ड जल्दा लाखौ रुपियाको क्षति भएको छ ।

जापानिक कम्पनीको निकै महंगो पर्ने प्यानलबोर्ड जलेपछि अब तानसेन बासीले हप्तौ सम्म खानेपानी नपाउने भएका छन् । भुल्केबाट दैनिक ७।८ लाख लिटर पानी बिजुलीबाट तानेर तानसेनमा बितरण हुदै आएको थियो ।

सोमबार बिहान २ बजे तिर गएको लाईन ३ बजे तिर आएको र बिजुली आउने बितित्कै प्यानल बोड जलेको सिनियर पम्प अपरेटर गणेश बिष्टले जानकारी दिए ।

मर्मत गर्ने नमिल्ने गरी जलेको प्यालन बोर्ड नेपाल र भारतमा पनि नपाईले भएकाले जापान सरकारकै सहयोग आवश्यक रहेको बिष्टको भनाई छ ।

पम्प स्टेशनमा जलेको प्यालनबोर्डको बारेमा समिति, बिधुत र खानेपानी कार्यलका पदाधिकारी गएर अध्यन गर्ने तयारी भएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोर मान शाक्यले जानकारी दिए ।

बिजुलीको गडबडीले गर्दा प्यानलबोर्ड जलेको खबर पाएको र प्राबिधिक पठाएर अध्ययन गर्ने तयारी भएको बिधुत कार्यालय पाल्पाका निमित्त प्रमुख गणेश बिष्टले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %