देवदहमा देव विकास बैकको शाखा विस्तार

Read Time:3 Minute, 12 Second

गोविन्द घर्ती

देवदह , साउन १७ – रुपन्देहीको देवदहमा देव विकास बैकले शाखा विस्तार गरेको छ ।

बैकले आफनो ३७ औं शाखाको रुपमा देवदहमा विस्तार गरेको हो ।

शाखा उद्घधाटन कार्यक्रममा बोल्दै बैकका संचालक जगन्ननाथ पौडेलले बैकले कृषि, पर्यटन, उद्योग, व्यापारमा लगानी गर्ने बताए । उनले ग्राहकलाई सजिलो संग सेवा प्रदान गर्ने र केही समय भित्रमा देव विकास बैकलाई क बर्गको बैकको रुपमा परिणत गर्न लागि परेको बताए । पुर्व सभासद समेत रहेका पौडेलले स्थानीय निर्वाचन नहुदा सम्म विकासले फड्को मार्न नसक्ने समेत बताए ।

उनले अहिले खर्च हुने विकास निर्माणका काममा अपारदर्शिता रहेको समेत उल्लेख गरे । उनले स्थानीय निकायमा जनप्रति नहुदा दीगो विकासका कामहरु हुन नसकेको हुदा छिटो भन्दा छिटो स्थानीय निकायको निर्वाचन गरी विकासको काम गर्न राजनैतिक दलहरुलाई आग्रह गरे । छिमेकी देश भारत र चिनले ८ प्रतिशतको आर्थिक वृद्धिदल हासिल गरेपनि नेपालको आर्थिक वृद्धि दर ३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै देव विकास बैकले आयआर्जन गर्ने काममा ऋण लगानी गर्ने पौडलले बताए ।

सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले ग्रामिण क्षेत्रका नागरिकको पहुचमा बैकिङ्ग सेवा पुर्याउनु पर्नेमा जोड दिए । अधिकृत घिमिरेले देवदह क्षेत्र कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकास हुदै गएकोले बैकले त्यस तर्फ लगानी बढाउनु पर्ने बताए ।

बैकका विभागिए प्रवन्धक ऋषि ढकालको अध्यक्ष्ँतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्याल, केरवानी उच्च माविका सहप्रार्चाय दुर्गादत्त आर्चाय, देवदह उद्योग बाणिज्य संघका गोपाल ढकाल, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, रेडियो देवदहका संचालक झिल्लुप्रसाद न्यौपाने लगायतले बोल्दै ग्रामिण क्षेत्रका जनताको आर्थिक स्तर बृद्धि गर्न बैक लाग्नु पर्नेमा जोड दिए । शाखा प्रवन्धक राजन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %