बुटवल बन्दले बजार सुनसान

Read Time:3 Minute, 1 Second

कमल चौधरी

बुटवल , श्रावण ८ –  नेकपा माओवादी बिप्लब समूहले आब्हान गरेको नेपाल बन्दले बुटवल बजार सुनसाननै देखियो ।

  

बिहानैबाट बुटवल लगायत आसपासको क्षेत्र सुनसान थियो । सडकमा प्रेस, प्रहरी, एम्बुलेन्सका सवारी वहेक अन्यसवारी गुडेनन् । पसल, ब्यबसाय, स्कुल, कलेज बन्द रह्यो । बन्दकर्ताहरु बाटोमा तैनाथ थिए भने बन्दकर्ता भन्दा धेरैको समुहमा प्रहरी परिचालित थिए । बन्दको अवज्ञा गर्ने केही मोटरसाईकलहरु बन्दकर्ताले नियन्त्रणमा लिएपनि तोडफोड भने नभएको प्रहरीले बताएको छ । बन्दको आव्हान गर्दै झण्डा बोकेर हिड्ने माओवादीका नेता कार्यकताहरुलाई प्रहरीले विहानैदेखि नियन्त्रणको प्रयास गरिरहेको थियो ।

 यसैक्रममा बुटवलबाट जिल्ला कार्यालय सदस्य अमर आरसी, जिल्ला सदस्य राजु बराह, जिल्ला सदस्य विनोद खनाल, जिल्ला सल्लाहकार बल बहादुर नेपाली लगायतलाई प्रहरीले गिरफ्तार गरे पनि साँझसम्म रिहा गरेको छ । क्षेत्र नं. १मा भने बन्दको अवज्ञा गर्ने एक ट्रक कब्जामा लिई तोडफोड गरिएको क्षेत्रीय ईन्चार्ज शिशिरले जानकारी दिए ।

त्यस्तै रुपन्देहीको सदरमुकाम भैरहवा, देवदह, सूर्यपूरा, सालझण्डी, रामपुर लगायतका बजारहरुमा पनि शान्तीपूर्ण ढंगले बन्द भएको छ । हिजो बन्दको आव्हान गर्दै निकालिएको जुलुसलाइ प्रहरीले अबरोधको प्रयास गरेको थियो । संविधानसभाले जनविरोधी संविधानको मस्यौदा पारित गरेको र भारत र चीनबीच लिपुलेक सम्झौताको खारेजीको माग राख्दै विरोधमा नेपाल बन्दको आयोजना गरिएको बताएको छ । भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गरिएको नेकपा माओवादीले जनाएको छ ।

बुटवलमा हालसम्म शान्तिपूर्ण ढंगले बन्दको पूर्ण प्रभाव परेको छ भने दुधको गाडी, विरामी, प्रहरी, पत्रकार लगायत आकस्मीक सेवाबाहेक अन्य सबै पूर्ण बन्द रहेको र गिरफ्तारी साथीहरुलाई तुरुन्त रिहाईको माग गरिएको जिल्ला सेक्रेटरी शरद ओलीले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %