‘संविधान सभा भित्र भुइचालो पस्यो’:केसी

Read Time:1 Minute, 38 Second

कमल चौधरी

बुटवल , श्रावण ८ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले संविधान सभा भित्र भुइचालो  पसेको बताएका छन् । अखिल नेपाल शिक्षक संघ तेस्रो  राष्ट्रिय परिषद् बुटवलको अयोजन रहेको कार्यक्रममा शुक्रबार बुटवलमा बोल्दै उनले यस्तो भनेका हुन् ।

उनले जातिय र क्षेत्रीय संघीयताले संविधान बन्न नसकेको आरोप लगाउदै ‘संघीयता’ शब्द संविधानको पासो बनेको बताए । उनले यही जतिय र क्षेत्रीय संघीयताले गर्दा संवधान सभा भित्र भुईचाले पसेको र जनताले चाहेको संविधान निर्माण हुन नसकेको जिकिर गरे । मओवदी जतिय राज्य मग्दै हिडेको आरोप लगाउदै, के.सीले–‘अफूहरुलाई संघीयता बोकाई दिएको कोसेली हो ।’ संविधान दिने र नदिने विदेशी राष्ट्रहरुको हात रहेको भन्दै के.सीले सबै  मिलेर संविधान निर्माण गर्नुको कुनै विकल्प नरहेको बताए ।

उक्त कार्यक्रम अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाई कार्कीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष हरी भुसालको स्वागत र महासचिव चक्रपाणी पौड्यको संचालन रहेको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %