नयाँ लायन्सहरुको चयन र पदस्थापन

Read Time:1 Minute, 37 Second

सोनु थापा मगर

बुटवल , ७ साउन – लायन्स क्लब बुटवल लुम्विनी, लायन्स क्लब लुम्विनी बुद्ध , लायन्स क्लब शंकरनगर र लायन्स क्लब मणिग्रामको संयुक्त पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

डिस्ट्रिक गभर्नर डिके ढुङ्गानाको प्रमुख आतिथ्यता तथा रिजन चियर पर्सन यम पुनको अध्यक्षतामा मनिग्रामस्थित ड्रिमल्याण्डगोल्ड रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो ।

वर्ष २०१५/१६ का लागि लायन्स क्लब बुटवल लुम्विनीको अध्यक्षमा लायन विज्ञान वज्राचार्य , सचिवमा मोहन भुसाल , कोषाध्यक्षमा विभुतीकाजी शाक्य चयन भएका छन । लायन्स क्लब लुम्विनी बुद्धको वर्ष २०१५/१६ का लागि अध्यक्षमा लायन जमुना पुन , सचिवमा मनबहादुर दर्लामी मगर , कोषध्यक्षमा कोपीला राना चयन भएका छन ।

यसैगरी लायन्स क्लब शंकरनगर अध्यक्षमा  लायन सन्तोष भट्टराई , सचिवमा दिपक भण्डारी , कोषाध्यक्षमा दिलीप गलामी चुनिएका छन । त्यस्तै भर्खरै स्थापना भएको लायन्स क्लव मणिग्रामको अध्यक्षमा लायन यादव भट्टराई , सचिवमा प्रकास गौतम , कोषाध्यक्षमा नारायण वन्जाडे चयन भएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %