प्रहरी र आन्दोलनकारी बिच झडप , टाउकोमा चोट लागेका एक प्रहरी जवानको अवस्था चिन्ताजनक
गोविन्द घर्ती देवदह साउन ५ ।
रुपन्देही क्षेत्र नं १ धकधई्रमा विवादका वीच संविधानको मस्यौदा सुझाव संकलन कार्य सम्पन्न भएको छ । संविधान मस्यौदाको सुझावन संकलन कार्यमा स्वतन्त्र मधेशी गठवन्धन दलहरुले अवरुद्ध गरेपछि प्रहरीले लाठी चार्ज समेत गरेका थिए । मधेशी दलले संविधानको मस्यौदा संकलन कार्यमा अवरोध र नारावाजी गर्न थालेपछि प्रहरी प्रशासनले लाठी चार्ज गरेको थियो । मस्यौदा संकलन कार्यस्थलमा स्वतन्त्र मधेशी गठवन्धन लेखिएको टोपी लगाएका केही कार्यकर्ताहरुले मस्यौदा संकलन कार्यमा अवरोध सृजना गरेको धकधई ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
लाठी चार्जबाट ३ जना घाईते भएको प्रहरीले जनाएको छ । लाठी चार्जबाट प्रहरी टेकबहादुर घम, केशव पाण्डे घाईते भएका छन् । त्यसैगरी भैरहवा निवासी आन्दोलनकारी प्रशान्त गुप्ता पनि भाईते भएको धकधई प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेका प्रहरी जवान केशव पाण्डेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाईते पाण्डेलाई उपचारको लागि भैरहवा लगिएको प्रहरीले जनाएको छ । सभासद रज्जाकले आमनागरिकबाट संकलन गरिएको सुझाव संविधान सभामा जस्ताको त्यस्तै पेश गर्ने बताए । रुपन्देहीको क्षेत्र नं १ अन्र्तगत दुई स्थानमा सुझाव संकलन ठाउ तोकिएको थियो ।
देवदहको भवानीपुरमा शान्ति पुर्वक सुझाव संकलन भएपनि धकधईमा भने स्वन्तन्त्र मधेशी गठवन्धन दलहरुका कारण सुझाव संकलन कार्य केही बेर अवरुद्ध भएको सभासद रज्जाले बताए ।
