माया घले मगर
तेलअभिब – इजरायल , जुलाइ २० – नेपाल मगर समाज इजरायलले आयोजना गरेको दोश्रो बार्षिक उत्सब जुलाई १७ तारिख सुक्रबारको दिन सम्पन्न भएको छ ।
मगर संघ इजरायल २०१३ साल जुलाई १३ तारिखको दिन स्थापना भएको थियो । “विश्वका मगरहरू एक जुट हौ , आफ्नो लोप हुन लागेको धर्म,सस्कृति र पहिँचानको जगेर्ना गरौ” भन्ने नाराको साथले यो सस्था दोश्रो बर्ष पार गरी तेश्रो बर्षमा प्रवेश गरेको छ । गठन हुनासाथ यो संस्थाले नेपालको हरेक क्षेत्रमा सामाजिक सेवहरू पनि निरन्तर सहयोग गर्दै आईरहेको छ ।
नेपालबाट पाल्नु भएका नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको सभापतित्व मगर समाज इजरायलका अध्यक्ष बसन्त रास्कोटी मगरले गरेका थिए भने स्वागत मन्तब्य संस्थाको उपाद्यक्ष बिष्णु पुन र कार्यक्रम सन्चालन धनु काउचाले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि हेन्द्र थापा मगरले लोप हुन लागेको भाषा,धर्म,सस्कृतिको जगेर्ना गर्न र राज्यको सबै निकायमा मगरको पहिचान र प्रतिनिधित्व हुनु पर्ने बताए । नेपाल मगर संघको मुद्धालाई लिएर बिश्वका मगरहरुलाई एउतै मंचमा गोलबद्ध गर्ने उदेश्यले २२ ओटा देशहरुमा हाम्रो अन्तरार्ट्रिय मगरमंच हालसम्म आबद्ध भएको र नेपालमा ७२ जिल्लामा नेपाल मगर संघको संस्था स्थापना भइसकेको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि हेन्द्र थापा मगरले सम्पूर्ण इजरायलमा कार्यरत मगर दाजुभाइ/दिदीबहिनीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
बसन्त रास्कोटी मगरको अध्यक्षतामा २१ सदस्यीय नेपाल मगर समाज इजरायलको नयाँ कार्यसमितिको पनि चयन गरिएको छ । जस्मा प्रथम उपाध्यक्ष बिस्नु पुन मगर ,दितिय उपाध्यक्ष लिला थापा मगर , तृतिय उपाध्यक्ष मदन आले मगर , महासचिवमा राम थापा मगर , सचिवमा चन्द्रा पुलामी मगर , सहसचिव अनन्त थापा मगर , कोषाध्यक्ष जय पुन मगर र सहकोषाध्यक्षमा दिना थापा मगर चयन भएका छन ।
यसै गरी यस कार्यक्रम लाई सफलतापूर्वक सम्पन्न गर्दै कार्यक्रमको सभापतित्व गरेका बसन्त रास्कोटीमगरले सहयोग गर्नुहुने सम्पूर्ण इजरायल वासी मगर हरुमा नेपाल मगर संघ इजरायलको तर्फ बाट हार्दिक धन्यवाद दिएका थिए । साथै इजरायलमा कार्यरत सम्पूर्ण मगर दाजुभाइ / दिदीबहिनी हरुमा फुटेर होइन जुटेर हामी सबै अगाडी बढौ भन्ने संदेश दिदै कार्यक्रमलाई समापन गरेका थिए ।