राम अस्लामी मगर
क्वालालम्पुर – मलेसिया, जुलाई २० – मगर एकता नै आजको आबश्यकता हो भन्ने मूल संदेश सहित नेपाल मगर संघ मलेशिया को छैटौ अधिबेशन भव्यताको साथ सम्पन्न भएको छ ।
जुलाई १८ शनिबारको दिन नेपाल मगर संघ मलेशियाको आयोजनामा नेपाल मगर संघ केन्द्रिय कमिटिका बिदेश बिभाग सचिब रक्षा राइका मगरको प्रमुख अथिति रहेको थिए।
सस्थाका कार्यवाहक अध्यक्ष प्रेम पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा टेक पुलामी मगरले स्वागत मन्तब्य राखेका थिए भने महासचिब राम अस्लामी र यमुना राना मगरले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा आदिबासी जनजाति महासंघ मलेशियाका अध्यक्ष सुन्दर आले , तमु समाज मलेशियाका अधक्ष्य केश तमु ,तामाङ्ग समाज ,एन आर एन मलेशियाका बिश्वो बिक्रम राई ,कान्तिपुर पब्लिकेशनका राम चन्द्र गिरि अतिथि थिए ।
त्यस्तै गरि रास्ट्रीय जनमुक्ति पार्टी निकटका महासचिब गणेश थापा मगर , नेपाली कांग्रेस निकट टेक घर्ति , एमाले निकट आनन्द राइ, माओबादी निकटका प्रेम पाण्डे, कलाकार त्रिलोक राना मगर र अमृता लुन्घेली मगर पनि अतिथि थिए । सबै उपस्थिति अथितिहरुले शुभ कामना मन्तब्य दिएका थिए ।
अधिवेशन पश्चात नेपाल बाट आमन्त्रित कलाकार गायक त्रिलोक राना मगर र अमृता लुन्घेली मगरको बेजोड सांगेतिक परस्तुतीले कार्यक्रमले थप रौनक्ता दिएको थियो ।
अधिवेशनले नरबहादुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जस्मा वरिष्ठ उपाध्यक्ष तथा मलेशिया सहकारी प्रमुख प्रेम पुलामी मगर, उपाध्यक्ष टेक पुलामी मगर (जोन) (के.एल.) , उपाध्यक्ष गोपाल राना मगर (जोहोरबारु) महिला उपाध्यक्ष पुस्मिता थापा मगर , उपाध्यक्ष मोहन राना मगर,महासचिव दिपक सुनाखरी मगर,सचीव हिमाल थापा मगर (जोहोरबरु),सचीव यामबहादुर थापा मगर (पेनाङ),कार्यालय सचिव चन्द्र पुलामी मगर (दिपु),सचीव सागर थापा मगर (निलाइ),कोषाध्यक्ष सुबर्ण थापा मगर ,सहकोषाध्यक्ष केश राना मगर (जोहोरबारु) र महिला कोषाध्यक्ष यमुना राना मगर चयन भएका छन ।
सदस्य हरुमा:सालिकराम थापा मगर, संजय मगर, हुम राना मगर,गोप बहादुर राना मगर,रुप आले मगर,दिल मर्साङ्गी मगर,टिकाराम पुन मगर,अमर सोमै मगर,राम बहादुर खाम्चा मगर, पदम बहादुर थापा मगर(पेनाङ),मेख बहादुर खाम्चा मगर (जोहोर),दुर्गा देबि श्रीस मगर (पेनाङ),पबित्रा थापा मगर (पेनाङ),टिका घर्ती मगर (पेनाङ),ईश्वर थापा मगर (पेनाङ),मणि थापा मगर,बिरेन्द्र थापा मगर,शुसिला पुन मगर,मन कुमारी पुन मगर र सुनिल श्रीस मगर छन ।
सहकारी प्रमुख क्षेत्रगत
३५) केएल प्रमुख :- राजेश लामिछाने मगर
३६) पेनाङ प्रमुख :- झमान थापा मगर
३७) जोहोर प्रमुख :- गोपाल राना मगर
सल्लाहकार प्रमुख सल्लाहकार :- राम अस्लामी मगर
सल्लाहकारहरूमा: टेकबहादुर घर्ती मगर ,ज्ञान बहादुर फाल मगर , शान्ति थापा मगर , काजीमान थापा मगर र छबी सुर्यवसि मगर छन ।
प्रमुख संरक्षक:- सुन्दर आले मगर
संरक्षकहरूमा: भुपाल झाक्री मगर र खुम राना मगर चयन भएका छन ।
अधिबेशनले चयन गरेको नयाँ कमिटि सदस्यहरु लाइ प्रमुख अथिति रक्षा राईका मगरले शपथ खुवाएका थिए ।