बुटवलमा जनमुक्तिले यसरि मस्यौदा जलाए

Read Time:2 Minute, 42 Second

कमल चौधरी / बुटवल

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता र जिल्ला तहका नेताहरुले बुटवलको पुष्पलाल पार्कमा मस्यौदा जलाएका छन् ।

 

उनीहरुले आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, उत्पीडित समुदायहरुको हक अधिकारहरुलाई सुनिश्चित हुने नयाँ संविधानको मस्यौदामा उल्लेख नभएको विरोध स्वारुप मास्यौदा जलाएका हुन् ।

संविधान सुझाव समितिले सुझाव संकलनको लागि रुपन्देही क्षेत्र नम्बर ४ अन्र्तगत रहेको बुटवलको रुपन्देही व्यापार संघको साभाहलमा सोमबार जनमुक्ति कार्यकर्ता तथा पार्टीका नेताहरुले बक्लो उपस्थिति रहेको थियो । उनीहरुले आफ्नो पार्टीहरुले विगत बीस बर्ष देखि उथाएका मागहरु सम्बोधन हुनै पर्ने भन्दै जोडदार माग राखेका थिए ।

त्यसपश्चात  विरोध गर्दै फर्किएका कार्यकर्ता तथा पार्टी अगुवाहरुले बुटवलको पुष्पलापार्कमा कोणसाभा गरेका हुन् । उनीहरुले नयाँ संविधानको मस्यौदा जनजाति, महिला, मधेसी, मुस्लिम, दलित समुदायहरुको पक्षाम नरहेको जिकिर गर्दै अब बन्ने संविधानमा पहिचान सहितको संघियता, धर्म निरपेक्षता, जतिय जनसंख्याको आधारम समनुपातिक प्रतिनिधित्व, भूपू मन्त्रलय, आदिवासी जनजाति आयोग, उच्चा शिक्षा सम्मा निशुल्का शिक्षा, मतृ भाषामा निशुल्का शिक्षा लगायतका मुद्दाहरु  समबेश हुनुपर्ने माग गर्दै विरोध गरेको हुन् ।

उक्त विरोध कार्यक्रममा राष्ट्रिय जमुक्ति पार्टी प्रचर–प्रसार प्रमुख टोप अस्लामी, भूपू सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिम बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष मधुराना लगायतले बोलेका थिए ।  

विरोध कार्यक्रममा पार्टीका क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष नरसिह काउचाको अध्यक्षता र सचिव थर्क बहादुर बह्रघरे मगरको संचालन रहको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %