दिपा आले मगर
काठमाडौ , श्रावण ४ – नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले आज नै सिंह दरवार पुगी संविधान सभाका अध्यक्ष सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई प्रत्यक्ष भेटगरी मस्यौदा बुझाएका छन ।
संघका अध्यक्ष दिपा आले मगरको नेतृत्वमा गएको टोलीले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन गरी हस्तान्तण गरेको हो ।
साथै नागरिक सम्वन्ध तथा संविधान सुझाव समिति संविधान सभा सचिवालयमा पनि दर्ता गराएको छ ।
उक्त प्रारम्भिक मस्यौदा को सुझाव संकलन दर्ताकालागि संघका महासचिव गोम रानामगर, संगठन सचिव सन्देश आलेमगर, केन्द्रीय सदस्यहरु चन्द्रसंगीन थापामगर, हिमाल घर्तिमगर, निरज पुनमगर, अमर रेस्मीमगर, देविका पुर्जामगर र मुना थापामगर लगायतको उपस्थित रहेको थियो ।
