बुटवल बहुमुखीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 30 Second

कमल चौधरी / बुटवल

स्नाककोत्तर समाज शास्त्र, तथा मानव शास्त्र विभाग मानविकी तथा समाजशास्त्र संकाय बुटवल बहुमुखी क्याम्पसको अयोजनामा आईतबार एक कार्यक्रमका बीच नयाँ संविधानको मस्यौदा बारे अन्तरक्रिया कार्यक्रम बुटवल बहुमुखी क्यम्पसको सभाहलमा सम्पन्न भएको छ ।

  

उक्त कार्यक्रममा सबै जातजाति, धर्म, भाषा, संस्कृतिको हक अधिकार सुनिश्चि हुने खालको संविधान बन्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

अन्र्तक्रिया कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका, क्याम्पस प्रमुख प्रकाश बन्दु रेग्मीले हिमाल, पहाड, र तराईलाई छुट्टएर प्रदेशको नामकरण गर्न नहुने जिकिर गरे । उहाँले प्रकृतिक स्रोतलाई ख्यालगरी राज्यको पुनःसंरचारन गरे मुलुकले अग्राधिका लिने र जनताको हकअधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । त्यस्तै जातिय राज्य मुलुकको लागि उपयुक्त नहुने भन्दै प्रदेशको नामकारण हिमाल, पहाड र तराई प्रदेशलाई मिलाएर नामकारण गर्नुपर्ने सुझाब दिए ।

त्यस्तै  परिष्ठ पत्रकार बलकृष्ण चपगाईले सबै जातजाति, धर्म, संस्कृतिको सम्मान गर्दै सवै उत्पीडित जातजाति, धर्म संस्कृतिको हक अधिकार सुनिश्चित हुने खालको संविधान बन्नुपर्ने तर्क राखे । 

साथै कार्यक्रममा  प्रध्यापकहरु जिवनारायण अधिकारी, बल बहादुर पाण्डे, खुमाकान्त पौडेल, वरिष्ठ लेखक ऋषि आजाद, महिला अधिकारकर्मी इन्द्रीरा अर्याल, लेखक मनिकार कार्की, पत्रकार विन्दु थापा, समाजसेवी देवी वाग्ले, लेखक दिपक रोका, विष्णु वाग्ले, नरायण प्रसाद प्रोख्रेल, विद्यार्थी नेता अनुप पोख्रेल, जीवन परियार, प्रकाश भट्टारई, नविन पन्थी, भक्त बहादुर पुन, सुजन तिवारी लगायतले बोल्दै धर्म निरपेक्षता, लैङ्गीक अधिकार, राज्यको सिमाङकन नामङकन विषयलाई संविधानमा उल्लेख हुनुपर्ने, सांकेतिक रुपमा र मातृभाषामा शिक्षा, निशुल्क अनिवार्य शिक्षा, प्रत्यक्ष निर्वाचन प्रणलीको व्यावस्था, मौलिक हकमा स्पष्टता र आमाबाबुको नामबाट नगरिकता पाउनुपर्ने व्यवस्था लगायतका विषयहरु संविधानमा उल्लेख हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा मानविकी तथा समाजशास्त्र संकाय बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी दिनेश अधिकारीको अध्यक्षता र  रामचन्द्र श्रेष्ठको संचालनमा  सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %