मगर समाजको साधारणसभा साउन २३ गते हुने

Read Time:1 Minute, 8 Second

रूद्र श्रीसमगर

पोखरा, ३ साउन – बागलुङ–पोखरा मगर समाजको नवौं वार्षिक साधारणसभा यही साउन २३ गते हुने भएको छ ।

साधारणसभामा सचिव गजेन्द्र थापामगरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन भने आदिवासी जनजाति मगरको हक, हित र अधिकारका बारेमा छलफल समेत हुनेछ ।

यसैबीच, शनिबार सम्पन्न बैठकमा समाजका कार्यसमिति सदस्य सुनिता रानामगरले विभिन्न कार्यक्रम गर्दा अत्यावश्यक पर्ने पानस र छाप्री सौजन्यस्वरुप सहयोग गरेका छन ।

बैठकका क्रममा रानामगरले समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरलाई सो पानस र छाप्री हस्तान्तरण गरे । त्यसैगरी, बैठकमा समाजमा नयाँ सदस्यका रूपमा प्रवेश गर्ने तीन जनालाई स्वागत समेत गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %