नक्कली मह बरामद

Read Time:1 Minute, 51 Second

गोविन्द घर्ती

देवदह, साउन ३ – रुपन्देहीको देवदहबाट ठूलो मात्रामा अखाद्य  वस्तु मिसाएको नक्कली मह बरामद गरेको छ ।

 

देवदह–८, शितलनगरमा रहेको क्रिकेट खेलमैदान नजिकै बस्ने पजरकट्टाले बजारमा बेच्नको लागि तयार गरिएको नक्कली मह देवदह प्रहरीले बरामद गरेको हो ।

चिनी पानीलाई उमालेर नक्कली महका चाकामा सो पानी मिसाएर नक्कली मह निर्माण गरी बजारमा बेच्ने गरेको तथ्य वाहिर आएको हो । उक्त नक्कली मह बजारमा २ सय देखि ८ सय सम्ममा विक्रि हुने गरेको पजरकट्टाहरुले जनाएको छ ।

विगत लामो समय देखि सो ठाउमा पाल टागेर बस्दै आएका पजरकट्टाहरुले वन जंगलबाट ल्याएको भन्दै नक्कली अखाद्य  मिसावत नक्कली मह बेच्दै आएको देवदह प्रहरी चौकीले जनाएको छ ।

शंका लागि पजरकट्टाहरु बस्ने ठाउमा गएर हेर्दा ३८ डब्वा करीव ७ क्यिन्टल नक्कली मह फेला परेको देवदह प्रहरी चौकीका ईन्चार्ज गिरीराज अर्यालले बताए । सुनसरीको झुक्का र भारत घर बताउने पजरकट्टाहरुले वन जंगलबाट ल्याएको भन्दै अखाद्य वस्तुहरु मिसावत नक्कली मह बेच्ने गरेको चौकीका प्रंमुख अर्यालले बताए। उक्त नक्कली मह रुपन्देहीको देवदहको घोडाहा जंगलमा नष्ट गरिएको छ ।

राजनैतिक दल,  प्रहरी प्रशासन र सञ्चारकर्मीहरुको रोहवरमा उक्त नक्कली मह नष्ट गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %