देब पचभैया
पाल्पा, श्रावण २ – नेपाल मगर संघ पाल्पाले संबिधानको मस्यौदा सुझाब संकलन गर्न जिल्ला आएका टोलीलाई सबै मगरहरुलाई सुझाब दिन आग्रह गरेको छ ।
शनिबार तानसेनमा बसेको मगर संघ पाल्पाको नवौ पुर्ण बैठकले यही श्रावण ४ गते पाल्पाका तिन वटै क्षेत्रमा हुने कार्यक्रममा गएर संबिधान निर्माण गर्दा मगरहरुका हक अधिकार सुनिश्चित गर्नको लागी सुझाब दिन आग्रह गरेको हो ।
मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहाको अध्यक्षतामा सम्पन्न बैठकले नया बन्ने संबिधानमा जातिय जनसख्याको आधारमा समानुपातिक समाबेशी प्रतिनिधित्व हुनुपर्ने, आदीबासी जनजातिको आयोग बनाउनु पर्ने, धर्मनिरपेक्षता हुनुपर्ने, मातृभाषालाई प्राथमिकता दिनुपर्ने, सिमांकन र नामांकन सहितको संघियता हुनुपर्ने , राष्ट्रिय जनावरमा एक सिंगै गैडा राख्नु पर्ने लगाएतका माग संबिधान सभामा सुझाब संकलन टोली मार्फत पठाउने निर्णय गरेको छ ।
कार्यक्रममा मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापा, मोहन थापा लगाएतको सहभागीता रहेको थियो ।
नयाँ बन्ने संबिधानमा समाबेश गर्नुपर्ने कुराहरुको बारेमा जनताको सुझाब संकलनको लागी श्रावण ४ गते पाल्पाका ३ वटै निर्बाचन क्षेत्रमा कार्यक्रम हुदै छ । पाल्पा क्षेत्र नम्बर २ को लागी दमकडामा, क्षेत्र नम्बर १ को रामपुरमा र क्षेत्र नम्बर ३ को लागी तानसेनमा कार्यक्रम हुदैछ ।
