देब पचभैया
पाल्पा, श्रावण २- नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापाले हतारमा संबिधानको मस्यौदा जारी गरेर गल्ती गरेको भन्दै हतारमै संबिधानलाई पारित नगर्न संबिधान सभालाई आग्रह गरेका छन ।
प्रेस युनियन पाल्पाले शनिबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभासद समेत रहेका थापाले संबिधान सभाले यसरी नै काम गर्दै गए अरबौ रुपिया खर्च गरेर गर्ने अनाबश्यक हतारो मात्रै हुने आरोप लगाए ।
मस्यौदा भित्र धेरै गल्तीहरु भएको जानकारी दिदै त्यसलाई सच्याउन जनताकासुझाब आवश्यक भएको उनको भनाई छ ।
संबिधान सभाले चुकेका कुराहरु सच्याउने अवसर जनताको सुझाब भएको भन्दै उनलेएक दुई दिनमा काम गरेर अर्को दिनमा पारित गर्ने जसरी काम भएकोमा असन्तुष्टी जनाए ।
संबिधान सभाभित्र आएका फरक मतहरुलाई संबोधन गर्नु आवश्यक भएको थापाले बताए । निर्बाचन प्रणालीलाई समाबेशी बनाउने कुरा ठिक भए जसरी प्रत्यक्षलाई पनि समाबेशी बनाउनुपर्नेमा सभासद थापाले जोड दिए ।
समानुपातिक निर्बाचन प्रणाली बाट सबैको प्रतिनिधित्व गराउने कुरा असम्भब भएकाले प्रत्यक्षलाई पनि समाबेशी बनाएर जनता बलियो बनाउनु आजको आबश्यकता भएको उनको भनाई छ ।
प्रदेशहरुको सिमाङ्कन र नामाङ्कन टुङ्ग्याएर मात्रै संबिधान जारी गर्नुपर्नेमा थापाले जोड दिए । त्यसो गर्दा अदालतको आदेशको पनि सम्मान हुने र आठ वटा प्रदेशको सिमाङ्कन नभईकनै संबिधानको कार्यान्वायन पनि हुनै नसक्ने उनको जिकिर छ ।
हामीले संबिधाननै कसरी बनाएका छौ भने उनले भने प्रदेशको सभाको निर्बाचन नभइकनै प्रदेशको सासद नआईकन राष्ट्रिय सभा बन्नै सक्दैन, राष्ट्रिय सभा नबनीकन नया प्रतिनिधि सभाको निर्बाचन हुनै सक्दैन, त्यसैले सिमाङ्गन हुनु जरुरी छ ।
नेपाली काग्रेसको १३ औ महाधिबेशनले पार्टी सुधारको काम गर्ने भन्दै सभासद थापाले आफुलाई चित्त बुझ्ने गरी पार्टीलाई सुधार गर्ने सवालमा कसैले पनि नेतृत्व नगरे आफु कसैले नसोचेको पदमा प्रतिस्पर्धा गर्न तयार रहेको थापाले जानकारी दिए ।
नेपाल महिला संघ पाल्पाले शुक्रबार आयोजना गरेको आमसभालाई संबोधन गर्न पाल्पा आएका सभासद थापा शनिबार काठमाण्डौ फर्किएका छन ।
