श्रीनगर एफ,एम द्धारा भुकम्प प्रभाबित कर्मचारीलाई राहात प्रदान

Read Time:2 Minute, 42 Second

देब पचभैया

पाल्पा, श्रावण १ – श्रीनगर एफ,एम प्रालि तानसेन पाल्पाले भुकम्प प्रभाबित दुई कर्मचारीलाई राहात प्रदान गरेको छ ।

भुकम्पले घरमा क्षति पुगेपछि प्रालिमा कार्यरत प्राबिधिक प्रेम कुमाल र कार्यालय सहायक गिता पौडेलको परिवारलाई प्रालिका अध्यक्ष भिमसेन कार्कीले  सात / सात हजारका दरले १४ हजार प्रदान गरे ।

तानसेन ७ कैलाशनगरमा रहेको श्रीनगर एफ,एम प्रालिको कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई राहात स्वरुप नगद रकम प्रदान गरिएको हो ।

राहात प्रदान कार्यक्रममा प्रालिका अध्यक्ष भिमसेन कार्कीले भुकम्प प्रभाबित कर्मचारी माथि परेको समस्यालाई आत्मसात गर्दे राहात स्वरुप प्रालिको तर्फबाट पाच / पाच हजार र संचालक सदस्य दामोदर गैरेको तर्फबाट दुई / दुई हजार गरी १४ हजार प्रदान गरिएको जानकारी दिए ।

प्रालिमा कार्यरत पत्रकारहरुको लागी बिदा, संचय कोष, दुर्घटना बिमा लगाएतका सुबिधाहरु प्रदान गरिएको जानकारी दिदै अध्यक्ष कार्कीले कर्मचारीहरुको लागी बिगत देखि नै औषधी उपाचारको लागी सहयोग गरिरहेको जानकारी दिए ।

सिद्धेश्वर २ स्थित  मग्रान घर भएका प्रेम कुमाल बिगत दुई बर्ष देखि प्राबिधिक पदमा र बन्दीपोखरा ९ सेनबेसी घर भएकी गिता पौडेल बिगत पाच बर्ष देखि कार्यालय सहायकको रुपमा कार्यरत छन् । राहात कार्यक्रममा प्रेम कुमालका बुवा दलबिर कुमाल र गिता पौडेलकी सासु लक्ष्मी पौडेलले आफुहरुको समस्यामा श्रीनगर एफ,एमले मलम लगाउने प्रयास गरेकोमा धन्यबाददिए । 

प्रालिका अध्यक्ष कार्कीको अध्यक्षता र स्टेशन म्यानेजर देब पचभैयाको संचालनमा सम्पन्न भएको कार्यक्रममा श्रीनगर एफ,एमका संचालक, शेयर सदस्य र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %