भूकम्प पिडितलाई फर्कायो संजालले

Read Time:2 Minute, 13 Second

मनोज घर्तीमगर / पोखरा

आशा फाउन्डेशन नामक बाल गृहले अवैधानिक रुपमा भूकम्प पिडितलाई टहरा बनाएर राखेपछि उत्पन्न भएको विवाद पिडितहरुलाई सम्बन्धित जिल्लामा बुझाएपछि सल्टिएको छ ।

 

बाल गृहहरुको छाता संगठन बाल गृह संजाल कास्कीले आशा फाउन्डेशनमा आश्रय लिएर बसेका ७० जना भूकम्पपिडितलाई धादिङ जिल्ला प्रशासनको जिम्मा लगाएको हो । पोखराबाट संजालको टोलीले पिडितहरुलाई लिएर गएको थियो । बाल गृह संजालकी अध्यक्ष गोमा ढकालले छाता संगठनको हैसियतले सहजिकरण गरेर धादिङको जिल्ला प्रशासनलाई पिडितहरु जिम्मा लगाएको बताइन् ।

संजालले भूकम्प पिडित परिवारलाई जिल्ला प्रशासन धादिङको जिम्मा लगाउनुसँगै आशा फाउन्डेशनमा उनीहरुको लागि जम्मा भएको ८५ बन्डल टिन, ४५ बोरा चामल, सात बोरा मस्यौरा, २ बोरा नुन पनि पिडितहरुको लागि प्रदान गर्यो ।

धादिङको रि गाविसका १५ परिवारका भूकम्प पिडित सदस्यहरुलाई आशा फाउन्डेशनले टिनको अस्थायी टहरा बनाएर राखेको थियो । अनुगमनको क्रममा प्रशासनबाट स्विकृति नलिई भूकम्प पिडितलाई राखेको र आफु खुशि राहत संकलन गरेको पाईएको हुँदा प्रशासनले आशा फाउन्डेशनको संचालकहरु हरि लम्साल र दिपक सुवेदीलाई नियन्त्रणमा लिईसकेको छ । धादिङको रि, झप्लाङ, तिप्लिङ, सेर्तुङ र लाप्पा गाविसमा भूकम्पको प्रभाव अत्याधिक छ ।

त्यहाँको जिल्ला प्रशासनले भूकम्प पिडितहरुलाई केहि सार्वजनिक जग्गा र केहि व्यक्तिगत जग्गामा सेल्टर दिएर राखेको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %