देवदह पूर्ण साक्षर नगरपालिका घोषणा

Read Time:3 Minute, 59 Second

गोविन्द घर्ती

देवदह असार २७ । रुपन्देहीको देवदह नगरपालिका पूर्ण साक्षर नगरपालिका घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले एक कार्यक्रमका वीच पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको हो । देवदह नगरपालिका रहेको १५ बर्ष देखि ६० बर्ष सम्मका ३ हजार ४ जना निरक्षर मध्ये २ हजार ९ सयलाई साक्षर बनाएपछि साक्षर नगरपालिका घोषणा गरिएको हो । वाँकी रहेका १ सय ४ जनालाई छिट्टै साक्षर बनाउने सो अवसरमा जानकारी दिईएको थियो । विगत ६ महिना देखि देवदह क्षेत्रमा साक्षर बनाउने अभियान संचालन गरेपछि मात्र साक्षर नगरपालिका घोषणा गर्न सफल भएको केरवानी उच्च माविका सहायक प्रार्चाय दुर्गादत्त आर्चायले बताए । तत्कालिन केरवानी गाविस क्षेत्रमा भविश्य निर्माण उच्च माविले र देवदह गाविसमा केरवानी उच्च माविले साक्षर गराउने संयोजनको जिम्मेवारी लिएको थियो ।
पूर्ण साक्षर नगरपालिका घोषणा सभामा बोल्दै जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले सवै नेपालीलाई शिक्षाको पहुचमा पु¥याउनु पर्नेमा जोड दिए । थापाले शिक्षालाई सर्वसुलभ बनाउन राज्य लागिपरेको बताउदै विद्यालय जाने उमेरका सवै वालवालिकालाई विद्यालयको पहुचमा पु¥याउनु पर्नेमा जोड दिए । अधिकारी थापाले रुपन्देही जिल्लालाई यही असार ३१ गते पूर्ण साक्षर जिल्ला घोषणा गर्ने बताए । देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरविकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेपाली काग्रेसका वासुदेव रिमाल, नेकपा एमाले खैराज शर्मा, एमाओवादीका मोतीलाल ढकाल, नेकपा माओवादीका मेघनाथ पौडेल, राष्ट्रिय जनमोर्चाका हरी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराम रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्मवर बहादुर थापा, भविष्य निर्माण उच्च माविका अध्यक्ष दल बहादुर विरकट्टा, बुद्धपव्लिक ईङलिस बोडिङ्गका अध्यक्ष कृष्ण भूषाल, न्यू नमुना ईङलिस बोडिङ्गका होमनाथ ढुगाना, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, वडा नागरिक मञ्चका सुन्दरी गिरी लगायतले बोल्दै पूर्ण साक्षर घोषणा गरेर मात्र नभई यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । महामाया भवानी उच्च माविका प्रार्चाय दिनानाथ अर्यालको स्वागत र प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा भएको कार्यक्रममा केरवानी उच्च माविका सहायक प्रार्चाय दुर्गादत्त आर्चाय र भविष्य निर्माण उच्च माविका प्रार्चायले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %