स्वतन्त्र बन्न पत्रकारलाई आग्रह
देब पचभैया
पाल्पा, असार २७ – उपराष्ट्रपति परमानन्द झाले सबैलाई मान्य हुने संबिधान दिने वा नदिने भन्ने कुरा नेताको काधमा आएको बताएका छन ।
नेपाल पत्रकार महासंघ पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले आफुहरुले सबैलाई अनुकुल हुने सबैलाई स्वीकार्य हुने किशिमबाट संबिधान बनाई दिनुस भन्ने कर्तब्य अनुसार दलहरुलाई मार्ग दर्शन मात्रै गरेको भन्दै सबैलाई मान्य हुने संबिधान निर्माण गर्ने जिम्मा दलहरुमा आएको बताए ।
कानुनी हिसाब बाट खण्डित संबिधान यो मुलुकले नमागेको भन्दै उनले सिमाङ्कन नामाङ्कन बिनाको संघियता उधारो हुने बताए । कुनै ठाउको जनताले सरकार संग ऋण मागेको जस्तै संबिधान नमागेको भन्दै उनले भने, मलाई पचास मुरी धान चाहीयो भन्दा ल पच्चीस मुरि लैजाउ, २५ पछि दिदै गरौला भन्ने जसरी संबिधान निर्माण गर्न हुदैन ।
सिमाङ्कन र नामाङ्कनको बिषयमा अदालतले पनि अन्तरिम संबिधानको धारालाई नै उल्लेख गरेर बोलेको हुदा सिमाङ्कन र नामाङ्कन टुङ्ग्याएर आयोभने पुरा देशबासीले कुन क्षेत्रमा कुन जिल्ला परर्यो भनेर ढुक्क मन बनाउने उनको भनाई छ ।
संघियतामा नामाङकन भन्दा सिमाङ्कन ठुलो कुरा भएको भन्दै उपराष्ट्रपति झाले भने नामाङ्कन कुनै ठुलो होईन, ए,बि,सि,डि जे नाम राखे पनि हुन्छ, मेन कुरा सिमाङ्कन हो, सिमाङ्कनको बिषयमा बिबाद भएको छ । त्यसलाई टुङ्ग्याउनुपर्छ ।
संघियताको हकमा नामाङ्कन सिमाङ्कन भएर संघियता लागु भयो भने संघियताकै बिरोध गर्नेहरुले आखिरमा बिरोध गर्नेनै भएकाले कम बिरोध हुने काम गर्नुपर्नेमा उनको जोड छ ।
धेरै समय पछि संबिधान बन्ने ९५ प्रतिशत निश्चितता भएको भन्दै सबैलाई मान्य हुने संबिधान निर्माण गर्नुपर्नेमा जोड छ ।संबिधान अनुसारको भोग गर्ने पदाधिकारी मध्ये राष्ट्रपति र उपराष्ट्र पति लाई बढि आक्षेप लागेको अनुभब सुनाउदै उनले राष्ट्रपतिले समय लम्ब्याएर आफ्नो कार्यकाल बढाउने खेलमा लागेको भन्ने आरोप पत्रकारहरुको मनोगत कुरा मात्रै भएको जिकिर गरे ।
शुरु देखि नै यो मुलुकले संबिधान पाओस भनेर हामीले कामना गरेका छौ, उपराष्ट्रपति झाले भने हाम्रो कार्यकालमा यो मुलुकले संबिधान पायो भने पहिलो राष्ट्रपति र उपराष्ट्रपतिको पनि सार्थकता हुन्छ ।
पत्रकारहरुले पनि निश्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिदै उनले भने पहिला निश्पक्ष हुनुस, निश्पक्ष बेलामा हाम्रो आवाज स्वत यहाको पक्षमा हुन्छ । अहिलेको अवस्थामा पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा सबैको मत एक ठाउमा आएको भन्दै उनले प्रेसले अधिकार पाउनको लागी पत्रकारहरु पनि गंभिर हुनुपर्नेमा जोड दिए ।
संबिधान निर्माण हुने अवस्थामा राजनितिक दललाई होच्याएर एक अर्का संग टसल गर्ने उदेश्य बाट पत्रकारहरु अघि बढे कसैलाई हित नहुने भन्दै उनले ,एक अर्कालाई आक्षेप लगाउने , म फलानो मिडियाको मान्छे, फलानो मिडियाको मान्छेलाई कसरी होच्याउने, फलानो राजनितिक दल संग आबद्ध पत्रकार हुँ भनेर फलानो दल संग आबद्ध पत्रकारलाई कसरी सपोर्ट गर्ने भनेर समाचार नबनाउन उनले सबै पत्रकारलाई आग्रह गरे ।
गुल्मीलाई खुला दिशापिसाब मुक्त क्षेत्र घोषण गरेर काठमाण्डौ फर्किने क्रममा पाल्पा पस्नु भएका उपराष्ट्रपति झा बुटवल भैरहवा हुदै काठमाण्डौ फर्किएका छ न ।
