गोविन्द घर्ती
देवदह असार २६ । अभिभावकको हैसियतलाई ध्यानमा राखेर नीजि विद्यालय अगाडि बढ्नु पर्ने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादरु थापाले बताएका छन । थापाले अभिभावकको हैसियतलाई ख्याल गर्न नसके विद्यालयले फड्को मार्न नसक्ने बताए । रुपन्देहीको देवदहमा पुर्वी क्षेत्र नीजि विद्यालय परिवार ईप्सा रुपन्देहीले आयोजना गरेको प्रवेशीका परीक्षामा विशिष्ट श्रेणीमा उतीर्ण विद्यार्थी र सतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै थापाले उक्त कुरा बताएका हुन । अधिकारी थापाले रुपन्देही जिल्लामा यस बर्षको प्रवेशीका परीक्षामा नीजि विद्यालय तर्फ ८९ प्रतिशत र सामुदायिक विद्यालय तर्फ ४० प्रतिशत उतीर्ण भएको बताए । ईप्सा रुपन्देहीका अध्यक्ष एक नारायण काफ्लेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्याव्सन रुपन्देहीका उपाध्यक्ष लाल हरी पाण्डे, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, रेडियो देवदहका स्टेशन म्यानेजर भिम प्रसाद गुरुङ, देवदह साप्ताहिकका त्रिलोचन दहाल, माईनटेकका विष्णु ढकाल लगायतले बोल्दै नीजि विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योग्दानको चर्चा गरेका थिए । कार्यक्रममा विशिष्ठ श्रेणीमा उतीर्ण ४३ जना विद्यार्थी र सतप्रतिशत नतिजा ल्याउने २ विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक तथा ईप्साका उपाध्यक्ष बोधराज गौडेलको स्वागत र सचिव राम बहादुर गुरुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
