देब पचभैया
काठमाण्डौ, असार २७
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनीज केन्द्रीय समीतीले बिगत तिन बर्षदेखी बिश्व आदीवासी दिवशका अवशरमा एआइपिपिको सहयोगमा सञ्चालीत आइभीए परीयोजना अन्तर्गत प्रदान गर्दे आईरहेको “आदिवासी जनजाती राष्ट्रीय पत्रकारीता पुरस्कार यस बर्षपनी प्रदान गर्ने भएको छ ।
काठमाण्डौमा बसेको सचिबालयको बैठकले बिभिन्न मापदण्ड समेत बनाएको छ । जसमा आबेदक पत्रकारले तिन बर्ष देखी लगातार पत्रकारीता गरेको हुनुपर्ने,आदिवासी जनजातीको पक्षमा समाचार प्रशारण तथा प्रकाशन गरेको हुनुपर्ने, पुरस्कृत हुनुपर्ने आधार सहीत बायोडाटा सम्बन्धीत उम्मेद्वारको बारेमा जानकार तिन जना ब्यक्तिको फोन नम्बर, ईमेल र मनोनित पत्रकारको नामबाट प्रकाशीत प्रशारित सामाग्री पठाउनुपर्ने बताईएको छ । छापा, टेलीभिजन र रेडियो गरी तिन बिधामा प्रदान गरीने पुरस्कारको रासी प्रत्येक बिधामा चालीस चालीस हजार रहेको छ । आबेदन यही श्रावण ६ गतेसम्म फोनीजको केन्द्रिय कार्यालय र जिल्ला शाखाहरुमा भर्नुपर्नेछ । पुरस्कार आदीबासी अनजाति र गैर आदीबासीलाई पनि प्रदान गरिने छ ।
