कौडेलेक, मस्याम र पाटनमा ब्यवसायिक लौठसल्ला खेती सुरु

Read Time:1 Minute, 58 Second

देब पचभैया

पाल्पा, असार २४ – जिल्ला वन कार्यालय पाल्पाले जिल्लाका समुद्र सतहदेखि १५०० मीटर देखि १९०० मीटर सम्मका उच्च लेकाली भेगहरु कसेनी गा.वि.स. मा पर्ने कौडेलेक, मस्यामको धरापडाँडा र ग्वाजीबुढी तथा पाटनको केरेनी रानीवन सामुदायिक वनमा ब्यवसायिक लौढसल्ला खेतीको सुरु गरेको छ ।

जिल्ला वन कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा कौडेलेकको १.५ हेक्टर वनक्षेत्रमा १५०० गोटा, पाटनमा १००० गोटा र मस्यामको दुईवटा सामुदायिक वनमा १००० गोटा गरि ३५०० गोटा लौठसल्लाका बिरुवाहरु रोपण गरिसकिएको सेक्टर वन कार्यालय,पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।

जिल्ला वन अधिकृत प्रकाश लम्सालले खेर गईरहेका लेकाली जग्गाहरुमा लौठसल्ला खेती सुरु गरिएको र यसबाट बिपन्न बर्गका जनताहरुको जिविकोपार्जनमा भोलीका दिनमा ठूलो सहयोग पुग्ने भन्दै जिल्ला वन कार्यालयले यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । यसै आर्थिक बर्षमा थप २००० गोटा लौठसल्लाका बिरुवाहरु रोपण गरिने समेत जिल्ला वन कार्यालयले जनाएको छ ।

क्यान्सरको औषधि बनाउनमा प्रयोग गरिने लौठसल्लाको प्रशस्त ब्यवसायिक महत्व रहेको र पाल्पा जिल्लाका हैसियत बिग्रिएका लेकाली जमिनहरुमा यसको खेती बिस्तार गर्दै जाने लक्ष्य रहेको समेत कार्यालयले जनाएको ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %