मगर विद्यार्थीलाई सांगठनिक तथा नेतृत्व विकास प्रशिक्षण

Read Time:1 Minute, 53 Second

रूद्र श्रीसमगर

पोखरा, २० असार – नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समितिको आयोजनामा एक दिने सांगठनिक तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ ।

आइतबार आयोजित प्रशिक्षणमा कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगरले सांगठनिक, प्रमुख प्रशिक्षक एवं नेपाल मगर सङ्घका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले मगर र मगरात र नेपाल मगर विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य एवं मगर आमसञ्चारकर्मी समाज कास्कीका सचिव रूद्रबहादुर श्रीसमगरले नेतृत्व विकास सम्बन्धमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ५० जना मगर विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मगर महिला सङ्घ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज गोविन्द पुनमगर, गण्डकी अञ्चल सचिव प्रेम रोकामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष निशा घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुशान्त गाहामगरले र उपाध्यक्ष ध्रुव रानामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %